2026-10-15 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा १० ग्राम ब्राउनसुगरसहित छ जना पक्राउ

फागुन ८, सुर्खेत | जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज १० ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित छ जनालाई पक्राउ गरेको छ । 

नेपालगञ्जबाट छिन्चु हुँदै सुर्खेत प्रवेश गर्ने वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना नाकामा आज बा४ख ४२१९ नम्बरको फोर्स गाडीलाई प्रहरीले जाँच गर्दा वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका २३ वर्षीय किरण घलेको साथबाट तीन ग्राम ४९० मिलग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरीका कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

त्यसैगरी, सोही नाकामा नेपालगञ्जबाट आएको भे१ज ७८९ नम्बरको जीप प्रहरीले जाँच गर्दा त्यसमा सवार वीरेन्द्रनगर–१ सुर्खेत निवासी १८ वर्षीया अमृता कार्कीको साथबाट छ ग्राम ५८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रवक्ता क्षेत्रीले बताउनुभयो । 

उहाँका अनुसार कार्कीसहित त्यसमा संलग्न वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत निवासी २० वर्षीय सम्राट सापकोटा, वीनपा–९ लाटीकोइलीका २३ वर्षीय अर्जुन खत्री, सोही वडाका १९ वर्षीय कुमार महतारा, २० वर्षीय सागर सुनार र वडा नं १ बस्ने १८ वर्षीय दीपा कँडेललाई पक्राउ गरिएको छ । 

प्रहरीले १० ग्राम ७० मिलिग्राम ब्राउनसुगर अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाण भएको बताएको छ । एक साताअघि सात ग्राम २७० मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको थियो । पक्राउ परेका छ जनामाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन