2026-08-29 10:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

अँझै खुलेनन् कर्णालीका विद्यालय, औपचारीकतामा भर्ना अभियान

फागुन १०, जुम्ला । जिल्लाका सबै सामुदायीक तथा सरकारी विद्यालयमा मंसिर महिनाभित्रै बार्षिक परीक्षा संचालन हुन्छ । परीक्षा सकिए लगतै सबै विद्यालयलाई माघ २५ सम्मका लागि कम्तिमा ४५ दिनको जाडो बिदा दिईन्छ । जाडो बिदा सकिए लगतै अनिवार्य विद्यालय खुल्नुपर्ने प्रावधान छ । तर जुम्लाका विद्यालय भने अँझै खुलेका छैनन् ।

माघ एक देखि यँहाका निजि विद्यालयले धमाधम पढाई शुरु गरेपनि सरकारी विद्यालय भने अँझै ताल्चा ठोकीएका छन् । माघ २५ देखि नँया शैक्षिक सत्र शुरु भई करिब एक हप्ते विद्यालय भर्ना अभियानसँगै तिब्र रुपमा पढाई हुनुपर्ने हो । तर जाडो बिदामा घर बसेका जिल्लाभित्र र बाहिरका अधिकांश शिक्षकहरु विद्यालय नफर्किएपछि अँझै पढाई शुरु हुनसकेको छैन ।

यहाँका अभिभावक र विद्यार्थी शिक्षक नआँउदा कुनै वास्था गर्दैनन् । बरु उल्टै शिक्षक छैनन् भनेर विद्यार्थी अल्छि भएर घरमै बस्ने र बस्न लगाउने चलन छ । यता नपढाएरै महिनाको एकैदिन हाजिर गर्ने गरी विद्यालयमा आउने ठक शिक्षकहरुको संख्या कमि छैन । जसको कारण नाम मात्रको गुणस्तरीय शिक्षा र कमजोर विद्यार्थी उत्पादन भइरहेका छन् । बर्षमा कम्तिमा पनि एक सय ९० दिन विद्यालयमा अनिवार्य पढाई हुनुपर्ने प्रावधानमा उल्लेख छ । तर जुम्लाका कुनैपनि विद्यालयमा एक सय २० दिन पनि पढाई नभएको तथ्यांक छ । फागुन पहिलो साता बितिसक्दा समेत नँया भर्ना अभियानको वाहानामा करीब ७० प्रतिशत विद्यालय अँझै बन्द रहेको पाईएको हो ।

जुम्लामा आधारभूत विद्यालय ९२, निमावि ३१ र माध्यमिक विद्यालय ४७ वटा छन् । समयमै विद्यालय नखोल्ने र नियमित पढाइ नभएकै कारण कर्णालीका विद्यार्थी आधा कोर्ष पढेरै बार्षिक परीक्षा दिन बाध्यछन् । विगतका बर्षहरुमा समयमै पाठ्यपुस्तक नपुगेको बाहानामा शिक्षकहरु जतिसक्दो ढिलो विद्यालय संचालन गर्ने गर्दथे । तर यस बर्ष माघमै आवाश्यक पाठ्यपुस्तक जिल्ला आई पुगेको छ । पाठ्यपुस्तक विक्रेता जिपि स्टेशनरीका अनुसार अहिलेसम्म पाठ्यपुस्तक लिन विद्यार्थी र कुनैपनि विद्यालय सम्पर्कमा आएका छैनन् ।

लेटरप्याडमै भर्ना अभियान 

बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने ध्ययेले नँया शैक्षिक सत्रको शुरुवातमा हरेक विद्यालयले अनिवार्य संचालन गर्नुपर्ने भर्ना अभियान अन्र्तगत विभिन्न माध्ययमबाट सुचना प्रवाह गर्नुका साथै घरदैलो कार्यक्रम गर्नुपर्ने हो । तर जिल्लाका सबै विद्यालयले गोप्य सुचना पाटीमा सानो सुचना जारी गर्दै भर्ना अभियान सकेका छन् । हिमशिखर माविले लेटरप्याडमै सूचना टाँसेर भर्ना अभियान सकायो । तातोपानीका भवानी आधारभूत, सुन्दरमणि, कालिका प्रावि लगायत धेरै विद्यालयले यसै गरी भर्ना अभियान संचालन गरे । जुम्लाका १ सय ७० वटा विद्यालयमध्ये करीब ३५ प्रतिशत विद्यालयलेमात्रै भर्ना अभियान चलाएका छन् । यसरी औपचारिकतामा सीमित भर्ना अभियानले गरीब घरका धेरै किशोरीहरू शिक्षाबाट वञ्चित भएका छन् ।

शिक्षकको तलब काट्नुपर्छ

चिसो छल्न घर गएर विभिन्न वाहाना गर्दै फागुन पहिलो सातासम्म विद्यालय हाजिर नहुने शिक्षकहरुको तलब भत्ता काट्नुपर्ने नागरीक समाज जुम्लाको भनाई छ । स्थानीय सूर्य नेपालीले भने, ‘ढिला आउने शिक्षकको तलब काट्नुपर्छ, अनि मात्र छिटो आउँछन्, नत्र हरेक बर्ष शिषकहरुको पारा यस्तै हुन्छ ।’ शिक्षा क्षेत्रको सुधार र लगानी गर्ने अधिकार पाएको स्थानीय सरकारले समयमै विद्यालय नखोलेका र भर्ना अभियान संचालन नगर्ने विद्यालयको सेवा सुविधा रोक्ने चेतावनी समेत दिएका छन् ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने, ‘गाउँ शिक्षा समितिले गरेको निर्णय कार्यान्वयन नगर्ने विद्यालयको स्थानीय सरकारले सेवा रोक्नेछ ।’ शिक्षक, अभिभावकहरूको लापरबाहिले शिक्षा क्षेत्रको लगानी खेर गएको पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोराको तर्क छ । यता शिक्षा विकास तथा समन्वय इकाई प्रमुख महेशदत्त देवकोटाले अनिवार्य विद्यालय खोलेर भर्ना अभियान नचलाएका विद्यालय कारबाहीको भागीदार हुने बताए । ‘अनुगमनको क्रममा कुनैपनि शिक्षक समयमै विद्यालय उपस्थीत नभएको पाईए कानुन अनुसार स्पष्टीकरण सोधिनेछ’ उनले भने ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो