2026-10-15 02:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णालीमा संसदको हिउँदे अधिवेशन सुरु

फागुन १५, सुर्खेत । कर्णालीमा प्रदेश सभाको तेस्रो अर्थात हिउँदे अधिवेशन सुरु भएको छ । गत कार्तिक २१ गते दोस्रो अधिवेशन अन्त्य भएको थियो प्रदेश सभाको तेस्रो अधिवेशन करिब चार महिनापछि बुधबार सुरु भएको हो । 

संसद हिउँदे अधिवेशन सुरु भएसँगै सांसदहरुले सरकारका कामको मुल्याकंन गर्न थालेका छन् । एक वर्षको अवधिमा प्रदेश सरकारको गति सुस्त भएको सांसदहरुको गुनासो छ । बुधवारको संसद बैठकमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीको विकासका लागि सत्ता र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताए । अन्य प्रदेशको तुलनामा कर्णालीको अवस्था फरक खालको भएकाले पनि सत्ता र प्रतिपक्ष मिलेर विकासमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । प्रदेश सांसद यामलाल कँडेलले केन्द्र र प्रदेशबीच देखिएको अधिकार बाँडफाँड लगायतका समस्या समाधान गर्न प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए । जनताले नतिजा खोजेको भन्दै उनले प्रदेश सभालाई विश्वासमा लिएर काम गर्न प्रदेश सरकारलाई आग्रह गरे । गठन भएको एक वर्षमा प्रदेश सरकारले कर्मचारी अभाव र केन्द्रले आवश्यक कानुन निर्माण नगर्दा काम गर्न नसकिएको जनाएको छ । बैठकमा सांसद शोशिला शाहीले प्रदेशले एक वर्षमा अपेक्षाअनुसार काम गर्न नसकेको बताइन् । बुधवारको बैठकमा दुइ वटा विधेयक टेबुल भएका छन् । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेश सार्वजनिक प्रशारण र शुसासन कायम गर्ने सम्बन्धी विधेयक संसद बैठकमा टेबुल गरेका हुन् । संसदको अर्को बैठक शनिवार बस्नेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता