२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

मध्यपहाडी लोकमार्ग अवरुद्ध

२०७५, १७ फाल्गुन शुक्रबार ०५:१७

फागुन १७, रुकुम (पूर्व) | रुकुम (पूर्व) लाई बागलुङ हँुदै राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोकमार्गमा हिउँ जम्दा महीनादिन यता यातायातका साधन चल्न सकेका छैनन् । 

रुकुम (पूर्व) र बागलुङको सिमानामा पर्ने सडकखण्डमा तीनदेखि पाँच फिटसम्म हिउँ जम्दा सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो । 

यातायातका साधन ठप्प हुँदा खाद्यान्न ढुवानीमा समेत समस्या भएको छ । पहिलेको हिउँ बिलाउन नपाउँदै बारम्बारको हिमपातले सडकमा हिउँ थुप्रिदा समस्या भएको स्थानीयवासी बताउँछन् । 

हिउँ जमेपछि रुकुम (पूर्व) बाट बागलुङ, पोखरा हँुदै काठमाडौँ जाने यात्रु समस्यामा परेका छन् । सडक अवरुद्धकै कारण ढोरपाटन शिकार आरक्ष पुग्ने मानिस पनि रुकुमकोटमै बसिरहेका छन् । हिउँ नपग्लिँदा उक्त सडकखण्ड पूर्णरुपमा यातायातका साधन ठप्प भएको स्थानीय मरिचमान पुनले बताउनुभयो । 

अस्थायी सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरासम्म यातायातका साधन पुग्ने गरे पनि त्योभन्दा माथि हिउँका कारण जान सकेका छैनन् । गैठी, बेल्चाले हिउँ पन्छाएर बाटो खुलाउने प्रयास गरे पनि चिसोको कारण सम्भव नभएको पुनले बताउनुभयो । पैदल यात्रालाई समेत कठिन हुने गरी बाटोमा हिउँ जमेपछि त्यस क्षेत्र शून्य भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित