2026-08-30 09:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णालीमा स्वास्थ्य बीमा कार्यक्रम: एक लाख नागरिक विमित, ३५ हजारले लिए सेवा

फागुन १७, सुर्खेत । सरकारले लागु गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत कर्णालीमा एक लाख नागरिकहरुले स्वास्थ्य बीमा गरेका छन् । कार्यक्रम लागु भएको १९ महिनामा कर्णालीका पाँच जिल्लाका एक लाख ३९ हजार ५२० जनाले स्वास्थ्य बीमा गरेका हुन् ।

नागरिकहरुको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्न गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याउन स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने सरकारको उदेश्य छ । आर्थिक वर्ष ०७२÷०७३ बाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो । तर कर्णालीमा भने आर्थिक वर्ष २०७४ असार १ गते जुम्लाबाट स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरिएको थियो । कर्णालीका जुम्ला, जाजरकोट, सुर्खेत, रुकुम पश्चिम र कालीकोटमा कार्यक्रम लागु गरिएको छ । कार्यक्रम लागु भएदेखी हालसम्म ३५ हजार ५१९ जनाले सेवा लिएको स्वास्थ्य बीमा वोर्ड कर्णालीका संयोजक अर्जुन पण्डितले जानकारी दिए । विमित गरेका नागरिकहरुलाई सेवा दिए वापत सेवाप्रदायकलाई ४ करोड ४० लाख ५६ हजार ७३८ रुपैयाँ भुक्तानी गरेको पण्डितले उल्लेख गरे । पाँच जिल्लाका विभिन्न स्थानका २० स्वास्थ्य संस्थाहरुले स्वास्थ्य बीमा गरेका नागरिकहरुलाई सेवा प्रदान गर्दै आएका छन् । 

झण्डै १ लाख विमित नागरिकबाट ४ करोड ७८ लाख ६६ हजार ३२० रुपैयाँ संकलित योगदान रकम रहेको पण्डितको भनाई छ । उनका अनुसार विमित भएका मध्य अति गरिवी परिवार संख्या २५ हजार ५५४ जना छन् । अति गरिव विमितको रकम सरकारले तिर्न भने ३ करोड २३ लाख २७ हजार २३५ रुपैयाँ रहेको पण्डितको भनाई छ । ‘चालु आर्थिक वर्षमै हुम्ला, डोल्पा, मुगु र दैलेखमा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने तयारीमा छौं’ पण्डितले भने । कार्यक्रम लागु भएका जिल्लाहरुमा अनुगमन कार्यलाई तिव्रता दिएको पण्डित बताउँछन् । ‘कतिपय जिल्लामा सेवा प्रदायक संस्थाहरु न्युन छन्’ पण्डितले थपे, ‘ति स्वास्थ्य संस्थामा विशेषज्ञ सेवाहरु दिन कठिनाई भइरहेको छ ।’ प्रदेश र स्थानीय सरकारलाई जिम्मेवार बनाउन स्वास्थ्य बीमा कार्यक्रम बारे शुक्रबार जानकारी गराइएको छ । स्वास्थ्य बीमाको प्रचार प्रसारको अभावले कयौं नागरिक स्वास्थ्य बीमा कार्यक्रमबारे वेखवर रहेको कर्णाली प्रदेश सभाका सांसद यज्ञबहादुर विसीले बताए । स्वास्थ्य बीमा कार्यक्रम विपन्न वर्गका लागि उपयोगी भएकाले यसलाई प्रभावकारी बनाउँन सबै गम्भीर हुन आवश्यक रहेको विसीले सुझाए । तर सांसद पद्मा खड्काले स्वास्थ्य बीमा गरेका नागरिकहरुलाई अस्पतालहरुले प्रभावकारी व्यवहार नगर्ने गरेको बताईन् । ‘बीमा गरेका नागरिकहरुलाई विभेद गर्दै आएको पाएको छु’ खड्काले भनिन्, ‘बीमा गरेका नागरिकहरुले प्रभावकारी रुपमा उपचार गरे नगरे बारे कार्यालयले छड्के अनुगमन गर्न जरुरी छ ।’ स्वास्थ्य कार्यक्रम प्रभावकारी भएकाले जनताहरुलाई व्यापक रुपमा जानकारी दिन आफ्नो तहबाट सहयोग गर्ने प्रतिवद्धता उनको थियो । 

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार गम्भीर भएर लाग्ने बताए । ‘सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सबै नागरिकहरुलाई विमित हुन कार्यक्रम नै लागु गर्ने उनले उल्लेख गरे । प्रदेश सभाका सांसदहरुसंगको अन्तरक्रियामा कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, उप–सभामुख पुष्पा घर्ती विष्ट, प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही, राष्ट्रिय बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेल लगायतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने