पढ्न करिब 1 मिनेट लाग्छ
<p>फागुन १८, रसुवा | भारी हिमपातका कारण अवरूद्ध उत्तरी रसुवाको ग्रामीण विद्युत् सेवा सञ्चालन गर्न आजबाट प्राविधिक परिचालन गरिएको छ । <br></p><p>नेपाल विद्युत् प्राधिकरणका प्रमुख कृष्णहरि दाहालका अनुसार यही फागुन १६ गते परेको भारी हिमपातले उत्तरी रसुवाका ठूलोस्याफ्रु, वृद्विम, टिमुरे, चिलिमे, गोल्जुङ, गतलाङसमेतका ग्रामीण बस्तीको अवरूद्ध विद्युत् सेवा सञ्चालनको प्रयास थालनी गरिएको हो । </p><p>भाँचिएका विद्युत् पोल फेर्न र चुँडिएका तार मर्मत गरी विद्युत् सेवा सञ्चालनका लागि १५ जना विद्युत् प्राविधिक परिचालन भइसकेकाले दुई दिनभित्र सबै ठाउँको विद्युत् सेवा सञ्चालन गर्ने लक्ष लिइएको प्रमुख दाहालले जानकारी दिनुभयो । </p>

