2026-08-29 10:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा पहिलो महिला सिडिओ

फागुन १८, जुम्ला । जिल्लाले पहिलो महिला प्रमुख जिल्ला अधिकारी पाएको छ । २०२४ सालदेखि हालसम्म ४० वटा सिडिओ परिवर्तन भइसक्दा ४० औ सिडियोको रुपमा दुर्गा बञ्जाडेले जिम्मेवारी सम्हालेकी छन् । शुक्रबार बिहान १० बजे जहाजबाट जुम्ला पुग्ने वित्तिकै उनले कार्यभार समालेकी हुन । पहिलो पटक महिला महिला प्रमुख जिल्ला अधिकारी पाउँदा स्थानीयले समेत खुसी ब्यक्त गरेका छन् । महिला सिडियो पाएपछि जिल्लाबासीले कानुन कार्यान्वयनको अवस्था बलियो हुँदै जानुका साथै हरेक क्रियाकलापमा इमान्दारिता र पारदर्शिताको संस्कृति विकास हुने अपेक्षा गरेका हुन् ।

जुम्ला पुगेसँगै सबै निकायसँगको परिचयात्मक कार्यक्रम प्रजिअ बञ्जाडेले जारी राखेकि छन् । पत्रकासँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले सेवाग्राही र सेवाप्रदायक कार्यालयबीचको सम्वन्धलाई प्रगाड बनाउने बातावरण सृर्जना गर्ने बताईन् । ‘सकारातमक परिवर्तनका लागि कतिपय ठाउँमा निकै कठोर र कतिपय ठाँउमा निकै नरम बन्नुपर्छ यसमा सबैको साथको अपेक्षा गर्दछुँ’ उनले भनिन्, ‘मेरो बलबुतोले भ्याएसम्म, ऐननियमले निर्दिष्ट गरे सम्मको अधिकार प्रयोग गरेर राम्रो कामका लागि सेवा प्रवाहमा पारदर्शिता र गुणस्तरीयता कायम गराउने पहल थाल्ने छुँ ।’

पहिलो दिनमै उनले जिल्लास्थित पत्रकारसंग भेटघाट गरेर आफ्ना् आगामी योजनाका बारेमा जानकारी दिएकि हुन् । संचारकर्मी, पत्रकारहरुलाई उनले प्रभावकारी सूचना प्रवाहमा जोड दिन अनुरोध गरीन् । जुम्लाको शान्ति सुरक्षा र बिकास निर्माणमा भएका सकारात्मक कामलाई उजागर गर्दै नकारात्मक पक्षलाई लेखनशैलीका माध्यमवाट खबरदारी गर्न उनको सुझाब छ । उनले सरकारसँग कर्णालीमा काम गर्ने अबसरका लागि गरेको मागका आधारमा जुम्ला आफ्नो रोजाईमा परेको बताईन् । जुम्लामा पहिलो पटक महिला सिडिओ आएपछि स्थानीयले थुप्रै अपेक्षा गरेका छन् । पत्रकारहरुले प्रजिअ बञ्जाडेलाई स्थानीय तहले राज्यको सम्पतिको दोहन गरेको, कानुन भन्दा पनि भनसुनका आधारमा कामकाज अघि बढेको, सार्वजनिक सरोकारका बिषयमा र नागरिकले सास्ती पाइरहेको बिषयप्रति ध्यानाकर्षण गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो