2026-09-19 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गण्डकी ट्रेक्टर व्यवसायी समितिमा गिरी

चैत्र ३, पोखरा । गण्डकी ट्रेक्टर व्यवसायी समितिको अध्यक्षमा भरत गिरी निर्वाचित भएका छन् । समितिको १४औं साधारणसभा तथा सातौं अधिवेशनले गिरीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष सिग्देल, उपाध्यक्षमा प्रेमबहादुर थापा, सचिवमा डम्बरराज ढकाल, कोषाध्यक्षमा लक्ष्मण बास्तोला, सहसचिवमा नारायणप्रसाद कोइराला चयन भएका छन् ।giri
समितिका सदस्यहरुमा उदयबहादुर थापा, अर्जुनकुमार श्रेष्ठ, गंगाबहादुर केसी, रमेश केसी, विश्वराज तिवारी, अर्जुन पंगेनी र निर्मलराज पौडेल निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष पदमबहादुर केसी पदेन सदस्य रहने व्यवस्था छ । दुर्घटना उपसमिति सदस्यहरुमा नविनप्रसाद बास्तोला, रवि बराल, शिरोधर पौडेल, कमलबहादुर थापा चयन भए । अनुगमन उपसमितिमा कृष्णप्रसाद सुवेदी, वसन्तराज आचार्य, विन्दुचन्द्र बराल, दिनेश कुँवर चयन भएको कार्यालय प्रमुख चन्द्रमणि गौतमले जानकारी दिए ।

समितिको अध्यक्षमा निर्वाचित भएका गिरीले सबै व्यवसायीलाई समेटेर संस्थाको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘व्यावसायिक हकहितका लागि म सधैं खटिनेछु,’ उनले भने, ‘मेरो कार्यकाल सफल बनाउनका लागि सबैबाट सहयोग पाउने विश्वास गरेको छु ।

gandaki
यसैबीच, साधारणसभा तथा अधिवेशनकै अवसरमा पोखरा–१४ चाउथेस्थित रातोमाटे डाँडामा रहेको समितिका भवनको उद्घाटन गरिएको छ । संस्थापक अध्यक्ष चन्द्रकान्त बरालले भवन तथा कार्यक्रमको उद्घाटन गरेका हुन् । अध्यक्ष पदमबहादुर केसीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । उक्त अवसरमा प्रमुख अतिथि बराल, यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख भरत पौडेल, वरिष्ठ सल्लाहकार गोकर्ण कार्की लगायतले बोलेका थिए ।

संस्थाको भवन निर्माण कार्यमा सहयोग पु¥याउने सहयोगदाताहरुलाई कार्यक्रमको उद्घाटनका अवसरमा सम्मान गरिको छ । कुशल चालक, निजी र सामुदायिक विद्यालयबाट एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने समितिमा आवद्ध सदस्यहरुका छोराछोरी मध्येबाट एक÷एक जना विद्यार्थीलाई पनि सम्मान गरिएको छ ।

न्यु होल्याण्ड ट्रेक्टरको आधिकारिक बिक्रेता डि एण्ड बी ट्रेडर्स बुद्धचोकको मुख्य प्रायोजनमा कार्यक्रम भएको हो । कार्यक्रमलाई एनएलजी इन्सुरेन्स, बतास ब्रदर्श, गोयल ट्रेडर्स, स्वरुप टायर रिसोलिङ सेन्टर, मेट्रो डेपलपमेन्ट बैंक लगायतले प्रायोजन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई