2026-06-30 11:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कटुवाचौपारीमा रेडक्रसको २९ औ जिल्लासभा

पर्वत, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको २९ औ जिल्ला सभा कटुवाचौपारीमा सम्पन्न भएको छ । “आत्मा साक्षी राखी भन बचन र कर्मले सेवा गरौ” भन्ने मुल चारका साथ मानवीय साहेत सेवा प्रदान गर्दै आएको सोसाइटीले कटुवाचौपारीमा आफ्नो २९ औं जिल्ला  सभा सम्पन्न गरेको हो ।  नेरेसका केन्द्रिय उप–महामन्त्री हरिप्रसाद न्यौपानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै जिल्लामा पछिल्लो समयमा रेडक्रसले गरेको कार्य प्रशंसा योग्य भएको टिप्पणी गरे ।

रिमालको नेतृत्वले जिल्लामा विगतका बर्षमा भन्दा यो बर्ष धेरै काम र उपलब्धी हासिल गरेको उनको तर्क थियो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले पनि रिमालको नेतृत्वको प्रशंसा गरे । रिमाल सभापतिमा चयन भएपछि जिल्लामा रेडक्रसका शाखा उपशाखाले पनि अघिल्ला बर्षहरुमा भन्दा राम्रो प्रगति गरेको बताए । नेरेस जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मन्त्री गोविन्द प्रसाद पराजुलीले गरे । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछाने,  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्मा, तिलाधर सुवेदी नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषाल लगाएतले बोलेका थिए । उनीहरुले पनि जिल्लामा रेडक्रसले गरेको कार्य र भूकम्प जाँदा गरेको योगदानको चर्चा गरे ।

उक्त कार्यक्रममा जिल्ला शाखाको मातहतमा रहेका उपशाखा तथा जिल्लाको आयव्यय समेत प्रस्तुत गरीएको थियो । उक्त सभाले जिल्लाको आ.व ०७१÷७२ को बास्तविक आयव्यय, ०७२÷७३ को माघसम्मको आयव्यय र ०७३÷७४ को अनुमानित आयव्यय समेत प्रस्तुत गरेको थियो । जसअन्तरगत आव ०७१÷७२मा  आय ७ लाख ५२ हजार ४ सय ९६ र व्ययमा ५ लाख ९३ हजार ६ सय ८४ रहेको उल्लेख गरिएको छ जसअन्तरगत एम्बुलेन्स तर्फ आयमा १० लाख ७२ हजार ६ सय ५४ र खर्चमा ४३ हजार ३ सय ५ रहेको देखाइएको छ । त्यसैगरी आ.व ०७२÷७३ को माघको २० लाख २ हजार ४ सय ७३ र खर्चमा २० लाख ९ हजार ७ सय ९९ देखाइएको छ भने एम्बुलेन्स तर्फ १७ लाख खर्च र आम्दानी रहेको देखाइएको छ । ०७३÷७४ को लागि उक्त सभाले ७६ लाख ७१ हजार आयव्ययको प्रस्ताब गरेको छ भने एम्बुलेन्स खर्चतर्फ १९ लाख अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ