2026-09-14 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

निःशुल्क कानको परिक्षण गरेर आईएनएफले मनायो विश्व श्रवण दिवस

फागुन २०, पोखरा । विश्व स्वास्थ्य संगठनले प्रत्येक मार्च ३ लाई वल्र्ड हेयरीङ डे ( विश्व श्रवण दिवस ) मनाउने घोषणा गरे अनुरुप विश्वभर आज सो दिवस मनाईएको छ । श्रवण दिवसको सन्र्दभमा ‘सुनाईको परिक्षण गरौ’ भन्ने मुल नाराको साथ आईएनएफ  नेपालले कानको सुनाई क्षमता परिक्षण र सचेतना जगाउदै ३१० जना भन्दा बढीको पोखरामा निःशुल्क कानको परिक्षण समेत गरेको छ ।  

आईएनएफद्वारा संचालित पोखराको हरियोखर्क अस्पताल कान विभागकोे आयोजनामा वल्र्ड हेयरीङ डे  (विश्व श्रवण दिवस) को अवसरमा पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष प्रकाश पौडेल, आईएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण वहादुर अधिकारी र अप्रेसन्स डाईरेक्टर ढाकाराम बुढामगरको संयुक्त कानको परिक्षण गरी परिक्षण कार्यक्रमको सुभारम्भ गरीएको थियो । 

उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष पौडेलले आइएनएफले गरेका कार्यक्रमहरुको प्रशंसा गर्दै आफ्नो वडावाट एशियाकै कानको उत्कृष्ट अस्पतालको सेवा प्रदान भएको देख्दा आफुलाई गौरव लागेको बताउदै आगामी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर गर्न आफ्नो तर्फवाट पुर्ण सहयोग रहने प्रतिवद्धता समेत जनाउनु भयो । 

त्यसै गरी आईएनएफ नेपालका कार्यकारी निर्देशक अधिकारीले ६७ बर्ष देखि नेपालमा नेपाली जनताको आवश्यकता अनुसारका काम गर्दै आएको बताउदै कष्ठरोगको उपचार गर्दै सुरुवात भएको यो संस्था अहिले स्वास्थ्य तर्फः कुष्ठरोग, छाला, हाड जोर्नि, मेरुदण्ड र मस्तिष्क पक्षघात, प्यालेटिभ कियर, कान लगायतका सेवा दिदै आएको र समुदाय विकास तर्फ पनि समुदायमा आधारीत पुर्नःस्थापना, दीगो जिविकोपार्जन, मातृ तथा शिशु, पोषण, मानव बेचविखन विरुद्ध लगायतका परियोजना संचालनमा रहेको जानकारी दिनु भयो । उहाले पछिल्लो समय संस्थाले कानको उपचारको लागि लगानी बढाउदै लगेको र कानको उपचार सेवा समुदाय स्तरमा पुर्याउन निरन्तर लागि परेको समेत बताउनु भयो । 

उद्घाटन समारोहमा बोल्दै अप्रेसन्स डाईरेक्टर ढाकाराम बुढामगरले मान्छेले अरु अंग जस्तै कानलाई पनि हरेक हिसावले प्राथमिकता दिन नसकेका कारण आज श्रवण दिवस नै मनाउनु परेको बताउनु भयो । नेपालमा दुई बर्ष देखि आईएनएफले यो दिवस मनाउदै आएको र आगामी दिनमा अझ बृहत बनाउने उध्येश्य अनुरुप सवैलाई निशुल्क परिक्षणको व्यवस्था गरीएको जनाउनु भयो । 

कार्यक्रमको दोश्रो चरणमा कानको परिक्षणको लागि उपस्थित ३१० जना सहभागिहरुको कानको परिक्षण गर्न कान विभाग प्रमुख डा. माईक स्मित, अडियोलोजी विज्ञ डा. माईक सेन्डर र प्रवुद्ध भट्टराई, डा. सुधिर गोपाल पराजुली, डा.नविनराज गौतम, डा. गिता कोजुले विशेष सेवा दिनु भएको थियो । भने 

मान्छेको सुनाई शक्ति परिक्षण र ह्रास वाट जोगाउन उपायका बारेमा अन्र्तनर्सिङकलेज स्तरीय प्रतियोगिता समेत आयोजना भएको थियो । उक्त प्रतियोगितामा नोवेल एकेडेमी प्रथम, फिस्टेल नर्सिङ क्याम्पस दोश्रो, चरक एकेडेमी तेश्रो भएका छन् । उक्त कार्यक्रमको संचालन सुनिल सुवेदीले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ