2026-09-13 04:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

स्वास्थ्य शिविरबाट ८०० बिरामी लाभान्वित

फागुन २१ , जाजरकोट | नलगाड नगरपालिका–३ कैनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ८०० बिरामी लाभान्वित भएका छन् ।

विंग्स फाउण्डेशन र नेपाल अर्वुद रोग निवारण संस्था सुर्खेतको सहयोगमा आयोजित सो शिविरमा पाठेघर खस्ने, मुटु, अपाङ्गता, बालरोग, दम, दाँतलगायत रोगका बिरामीले उपचार सेवा प्राप्त गरेका छन् । 

पाठेघर खस्ने रोगबाट पीडित २०० महिलाले उपचार सेवा प्राप्त गरेका छन् । तीमध्ये एक सय पचास महिलामा रिङप्रेसरी राखिएको उपचारमा संग्लन डा नवराज केसीले बताउनुभयो । उहाँका अनुसार, पाठेघर खसेका ३० महिलालाई शल्यक्रियाका लागि सुर्खेत रिफर गरिएको र एक सय ३० महिलाको पाठेघर क्यान्सरको स्क्रीनिङ गरेको छ । 

यसैगरी मुटुमा प्वाल भएका र अपाङ्गता भई हिँड्डुल गर्न नसक्ने अवस्थाका बालबालिकालाई थप उपचार तथा अभ्यासका लागि सुर्खेत पठाइएको छ भने कुपोषित अवस्थाका १८ बालबालिकालाई पोषण पुनःस्थापना गृह सुर्खेतमा पठाइएको डा केसीले बताउनुभयो । शिविरमा आएका अधिकांश महिलामा पाठेघर संक्रमण र पोषणको कमी देखिएको उहाँले बताउनुभयो । 

विगत आठ वर्षदेखि पाठेघर सम्बन्धी समस्याबाट पीडित नलगाड नगरपालिका–३ की धनसरी पुनले शिविरमा रिङप्रेसरी हालेपछि यो समस्या समाधान भएकोमा खुशी व्यक्त गर्नुभयो । 

दुई दिनसम्म सञ्चालन भएको शिविरमा प्रदेश अस्पताल सुर्खेत, नेपाल बाल पोलिक्लिनिक सुर्खेत र हिमाल डेन्टल क्लिनिक सुर्खेतले प्राविधिक सहयोग गरेको युवा समाजसेवी प्रकाश पन्तले बताउनुभयो । 

शिविर सञ्चालनका लागि प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर केसीको नेतृत्वमा एकजना विदेशी चिकित्सकसहित दुई दर्जन स्वास्थ्यकर्मी सहभागी भएको पन्तले बताउनुभयो । 

शिविर सञ्चालनका लागि विंंग्स फाउण्डेसनका अध्यक्ष समेत रहेका बालरोग विशेषज्ञ डा केसीले रु दुई लाख, बेलायतमा बस्ने पर्यटनविद् विसु सिञ्जालीले रु एक लाख, अमेरिकामा रहेका प्रेम रोकायले रु २० हजार, नलगाडवासी गगन रानाले रु २० हजार, अमेरिकामा बस्ने जयन्ती थापाले रु १५ हजार, सुर्खेतकी महिला उद्यमी बिन्दु नेपालले रु १० हजार र बेलायतमा रहेकी अन्जु कार्कीले रु १० हजार सहयोग गरेका पन्तले जानकारी दिनुभयो । 

क्लोरिन मेकर मेशिन वितरण 

त्यस्तै उक्त शिविरमार्फत् विभिन्न विद्यालयलाई रु ५० हजार मूल्य पर्ने पानी शुद्धीकरण गर्ने क्लोरिन मेकर मेशिन निःशुल्क प्रदान गरेको छ । 

निःशुल्क मेशिन प्राप्त हुनेमा नलगाड नगरपालिकास्थित कैलास कन्या आधारभूत विद्यालय कट्के, करुणादय प्राथमिक विद्यालय करुवा, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय चावलेचौर, सूर्योदय मावि कैना, निर्मल ज्योति आधारभूत विद्यालय थाप्ला र भानुभक्त मावि लह छन् । 

शिविरमा नलगाड नगरपालिका टट्टा, करुवा, कट्के, पिउली, भारगाउँ, गर्छिना, थाप्ला, कोटीगाउँ, लह, बाउसेखोला, खनटाकुरा, पोखरा, ऐरारी, रघुनाथ, डडागाउँलगायत गाउँका बासिन्दाले लाभ लिएका थिए । दुर्गम गाउँमा आयोजना भएको निःशुल्क शिविरबाट स्थानीयले लाभ पाएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन