By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    9 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    12 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    12 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    13 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    16 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    16 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    16 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: जमिन बाँझो राख्ने कृषकलाई जरिवाना
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > जमिन बाँझो राख्ने कृषकलाई जरिवाना
पर्बत - PBTसमाज

जमिन बाँझो राख्ने कृषकलाई जरिवाना

साझासवाल
Last updated: March 17, 2016 7:19 am
साझासवाल
4 Min Read
Share

फलेवास (पर्वत) । पछिल्लो समय जिल्लामा खेतीयोग्य जमिन बाँझै रहने क्रम बढ्दै गइरहेको छ । बढ्दो युवाशक्तिको पलायनले जनशक्ति अभाव, उत्पादनमा कमीलगायत कारणले खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्दै गएको छ । खेती गर्न फुर्सद नभएको र जनशक्ति नपाएको कारण देखाउँदै जमिन बाँझो राख्ने जिल्लाका ‘जमिनदार’ अब कारबाहीमा पर्ने भएका छन् ।

जिल्लालाई कृषिमा पूर्ण आत्मनिर्भर बनाउने उद्देश्यले उच्चस्तरीय बोर्डले आठौँ जिल्ला परिषद्मा जमिन बाँझो राख्नेलाई कारबाही गर्ने नीति ल्याएको छ । हाल जिल्लामा खाद्यान्न, दलहन, तेलहन, तरकारी आदि ठुलो आकारको आयातलाई प्रतिस्थापन गर्न ग्रामीण क्षेत्रमा रहेको बाँझो जमिनलाई सिँचाइ गर्ने र सिञ्चित भएको जमिन पनि बाँझो राख्ने जग्गा धनीलाई वार्षिक प्रतिरोपनी रु ५० का दरले जरिवाना तिर्नुपर्ने प्रावधान छ ।

हालै सम्पन्न जिल्लाको आठौँ परिषद्ले बाँझो जमिन राख्नेलाई प्रतिरोपनी रु ५० का दरले जरिवाना गर्ने निर्णय सार्वजनिक गरेको छ । अब सबै जग्गावालले एक बाली लगाउने याममा बाँझो राखेबापत प्रतिरोपनी रु ५० नगरपालिका वा गाविसलाई जरिवाना तिर्नुपर्ने भएको छ ।

विलासिताका लागि बजारमा बस्ने र आफ्नो जमिन बाँझो राखेर आयातित खाद्यान्नमा भर पर्नेका लागि यो निर्णय गतिलो गाँठो भएको सरोकारवालाले बताएका छन् । सिँचाइको पर्याप्त सुविधा हुने क्षेत्रमा पनि कुल जमिनको एक तिहाइ क्षेत्र अझै पनि बाँझै रहेको तथ्याङ्क सार्वजनिक भएपछि सर्वदलीय भेलाले पारित गरी यो निर्णय गरिएको स्थानीय विकास अधिकारी युवराज पौडेलले बताउनुभयो ।

“खाद्यान्न आयातमा कटौती गरी जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले यो नीति अवलम्बन गरिएको हो,” उहाँले भन्नुभयो, “जरिवाना लिने काम नगरपालिका र सम्बन्धित गाविसले गर्ने छन् ।” जग्गाधनीले कुनै पनि हालतमा खेती गर्न सक्ने अवस्था नभए नजिकको छिमेकी वा खेती गर्न इच्छुक जोकोही कृषकलाई पनि बाली लगाउन दिनुपर्ने कार्यविधिमा उल्लेख छ ।

सबै जमिनको उचित सदुपयोग र कृषकलाई आवश्यक सेवा सुविधा दिई जिल्लालाई समग्ररुपमा कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले रु १० करोडसमेत विनियोजन गरिएको छ । जिल्लामा बाह्रै महिना सिँचाइ हुने करिब नौ हजार हेक्टरमध्ये हिउँदमा करिब तीन हजार हेक्टर जमिन बाँझै रहेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो ।

“हामीले पोहोर निकालेको तथ्याङ्कका आधारमा यो क्षेत्रफल आएको हो,” उहाँले भन्नुभयो, “यो वर्षमा कुन गाविसमा कति बाँझो छ भनेर अनुगमन हुँदैछ ।” जमिनको उचित सदुपयोग गर्दै व्यावसायिक खेती गर्ने किसानलाई प्रोत्साहनका कार्यक्रमसमेत ल्याइएको परिषद्मा जानकारी गराइएको थियो । जमिनको उत्पादकत्व बढाउन माटो परीक्षण, अनुदानमा कृषि चुन वितरण गरिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

त्यस्तै युवा किसानको व्यावसायिकतामा सघाउन युवा स्वरोगार, औजार, प्राविधिक उपकरणलगायत अनुदानका कार्यक्रमलाई बढाइने स्थानीय विकास अधिकारी पौडेलको भनाइ छ । जमिन बाँझो नराख्ने अभियानअन्तर्गत सिँचाइको सुविधा नभएको जमिनको प्राविधिक परीक्षण गरी माटो सुहाउँदो खेतीका लागि स्थानीयस्तरमै प्रशिक्षणसहित सम्बन्धित बालीका लागि सहयोग गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

जिल्लामा गरिएको यो अभियान मुलुककै लागि नौलो प्रयोग भएको भन्दै सरोकारवालाले यसको स्वागत गरेका छन् । यो निर्णयले जिल्लालाई खाद्यान्नमा आत्मनिर्भर हुन सहयोग पुर्‍याउने उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम लामिछाने बताउनुहुन्छ । “खेतीयोग्य जमिन भएर पनि बजारको भर पर्नेका लागि यो गतिलो झापड हो” उहाँले भन्नुभयो ।

जिल्लामा साधन स्रोतको अपर्याप्तता, भूमिको बढ्दो खण्डीकरण, अपर्याप्त सिँचाइ, कृषि ऋणमा पहुँचको कमी, ग्रामीण इलाकामा कृषि श्रमिकको अभाव, उत्पादन लागतमा वृद्धि, कमजोर बजार सञ्जाल व्यवस्थापन, आदि कृषि क्षेत्रका आधारभूत समस्याका बाबजुद कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुन नसकेको बताइएको छ । यसअघि जिल्ला कृषि विकास कार्यालय र उद्योग वाणिज्य सङ्घले जग्गा बाँझो नराख्ने अभियानसमेत सुरु गरेका थिए । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article जमिन बाँझो राख्ने कृषकलाई जरिवाना
Next Article बन्ने भो बालबालिका सम्बन्धि श्रोत ब्यवस्थापन निर्देशिका
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

वर्षामा जलमग्न माइतीघर मण्डला क्षेत्र (फोटोहरु)

57 years ago
काठमाडौँ - KTMसमाज

ओलीले भने- देउवासँग लाइभ डिबेटमा आउन तयार छु

57 years ago
चितवन - CTWसमाज

भारतको बाटो हुँदै विदेश पठाउने भन्दै पाँच युवतीको बेचबिखन प्रयास गर्ने पक्राउ

2 years ago
काठमाडौँ - KTMसमाज

यसरी सम्पन्न भयो जिब्रो छेड्ने जात्रा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?