2026-06-29 08:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महादेवको त्रिशूलले हिन्दु धर्ममा कस्तो महत्व बोकेको छ?

हिन्दु धर्ममा ‘महादेव’ (शिवजी, पशुपतिनाथ, भोलेनाथ) लाई त्रीमूर्तीदेव (ब्रह्मा, विष्णु र महेश्वर) मध्ये प्रमुख ईश्वरको रूपमा चिनिन्छ। साथै हिन्दु धर्ममा यी त्रीमूर्तीदेव मध्ये ब्रह्मादेवलाई ‘सृष्टिकर्ता’, भगवान विष्णुलाई ‘पालनकर्ता’ अनि महादेवलाई ‘संहारकर्ता’को रूपमा पनि चिनिन्छ।Mahadev with Trishulहरेक देवको आ-आफ्नै मूल अस्त्र हुन्छ। ब्रह्मादेवको अस्त्र ‘ब्रह्मास्त्र’ हो भने विष्णुको ‘सुदर्शन चक्र’ हो, त्यसै गरि शिवजीको मूल अस्त्र भनेको ‘त्रिशूल’ हो। यसलगायत महादेवसँग जोडिएका अन्य कुराहरूमा अर्धचन्द्राकार, जटामा रहेकी गङ्गादेवी अनि डमरु पनि पर्दछन्।

आजको धर्म अङ्कमा तपाईँहरूलाई महादेवले बोक्ने अस्त्र ‘त्रिशूल’को महत्वको बारेमा केहि जानकारी दिन गैरहेका छौँः

महादेवको त्रिशूलले कस्तो महत्व बोकेको छ?Mahadev's Trishul

  • संस्कृत शब्द ‘त्रिशूल’लाई अर्थ्याउँदा ‘तीनवटा भाला’ हुन जान्छ। हिन्दु धर्ममा यी तीन भालाको छुट्टाछुट्टै महत्व रहेको छ।
  • त्रिशूलका तीन टुप्पाले हिन्दु धर्ममा ‘त्रिगुण’लाई बुझाउँदछ- सृष्टि, संरक्षण र संहार। साथै यसले त्रीमूर्तिदेवको पनि सङ्केत गर्दछ।
  • विभिन्न धर्मग्रन्थका अनुसार, त्रिशूलले त्रीदेवीलाई पनि जनाउँदछ- सरस्वती, लक्ष्मी र काली। यी त्रीदेवी भनेकै त्रिमूर्तीदेवका स्त्रीरूपहरू हुन्।
  • त्रिगुणमा ‘रज’, ‘तम’ र ‘सत्व’ पनि पर्दछ। अनि त्रिशूलको तीन टुप्पाले यी तीन गुणको पनि सङ्केत गर्दछ।
  • हिन्दु धर्ममा के पनि उल्लेख गरिएको छ भन्दा यो ब्रह्माण्डमा तीन वटा लोकहरू छन्ः स्वर्गलोक, भूलोक र पातललोक। महादेवको त्रिशूलले यी तीन लोकलाई पनि जनाउँदछ।
  • समयको कुरा गर्नुपर्दा, त्यहाँ तीन प्रकारका समयकाल हुन्छन्- भूत, वर्तमान र भविष्य। यी तीन समयकाललाई त्रिशूलको तीन टुप्पाले प्रतिनिधित्व गरिरहेको हुन्छ।
  • अध्यात्मवादका अनुसार मानिसमा तीन थरीका चेतना हुन्छन्- शारीरिक, मानसिक र आध्यात्मिक चेतना। महादेवको त्रिशूलले यी तीनै चेतनालाई जनाउँदछ।

हिन्दु धर्ममा शिवलाई किन ‘संहारकर्ता’ भनिएको हो त भन्दा जब तीनै लोकमा अशान्ति छाउनेछ, सत्गुणको नाश भएर अवगुणको सिर्जना हुनेछ अनि राम्रोको ठाउँमा नराम्रोले बास गर्नेछ, तब महादेवको त्रिशूलले ती सारा नराम्रा कुराहरूको नाश गरेर सत्य अनि सिर्जनाको विकास गर्नेछ।Mahadev

माथि उल्लेखित जति पनि त्रिगुणहरू छन्ः रज-तम-सत्व, स्वर्ग-भू-पाताल, भूत-वर्तमान-भविष्य, शारीरिक-मानसिक-आध्यात्मिक, ती सबैलाई नाश गरेर एक नयाँ सिर्जनातर्फ लैजाने शक्ति त्रिशूलमा रहेको हिन्दु धर्ममा विश्वास गरिन्छ। त्यसैले नै ती तीन भालामा त्रीमूर्तीदेव ब्रह्मा, विष्णु, महेश्वर अनि त्रीदेवी सरस्वती, लक्ष्मी, काली विराजमान छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ