२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सूचना टाँसेर बैठक स्थगित

२०७५, २२ फाल्गुन बुधबार ०९:२१

फागुन २२, पोखरा | गण्डकी प्रदेशसभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । आजका लागि दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारण भन्दै स्थगन गरिएको हो । अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो । 

प्रदेशसभाको मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्नुका साथै उक्त दुर्घटनामा ज्यान गुमाएका व्यक्ति र पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै स्थगित भएको थियो । 

यसअघि प्रदेशसभालाई विधेयक दिन आज बिहान विधायन समितिको बैठक पनि राखिएको थियो । विधायन समितिमा ताल प्राधिकरणसम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न प्रतिवेदन तयार पार्ने विषयमा छलफल गरिएको विधायन समितिका सदस्य विष्णुप्रसाद लामिछानेले जानकारी दिनुभयो । 

उहाँका अनुसार विधेयकमा ताल प्राधिकरणको उपाध्यक्ष पोखरा महानगरपालिकाको प्रमुख हुने व्यवस्था प्रस्ताव गरिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका तर्फबाट पोखरा महानगरपालिकाकै प्रमुख नभई स्थानीय निकायका प्रमुखमध्येबाट हुनुपर्ने व्यवस्था गर्ने मत अघि सारिएको थियो । 

विधेयक सम्बन्धमा छलफल नपुगेको र नयाँ विधेयकको पनि प्रदेशसभामा पेश गर्ने समयावधि नपुगेका कारण आजको बैठक स्थगन गर्नुपरेको जनाइएको छ । गण्डकी प्रदेश सरकारले पर्याप्त बिजनेस दिन नसक्दा प्रदेशसभाको बैठकले अपेक्षित गति लिन सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु