2026-07-28 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अभियानको सार्थकता नगुमाऊ

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको नेतृत्वमा चलेको सदरमुकाम सरसफाई अभियानले १७ औ हप्ता पार गरेको छ । १७ औं हप्तासम्म आइपुग्दा जिल्लामा निकैनै परिर्वतन भएको आम नागरिकले महसुस गरेका छन् । पहिले बाटोघाटो टोलटोल र गल्लीगल्लीमा फोहोरको डङगुर देखिने गथ्र्यो तर अहिले त्यो हटेको छ ।

जिल्लामा पछिल्लो समयमा फोहोरमैला सडकमा कम देखिन थालेको छ यद्यपी सदरमुकाम सफा भने अझै हुन सकेको छैन । चोकचोकमा फोहोरफाल्ने डस्पीन राखिएता पनि त्यसको आवश्यकता र महत्व कसैले बुझ्न सकेको छैन । सदरमुकाम सफा बनाउने नाउँमा अहिले सदरकुकाम कुश्मा बजारको फोहोर मोदी र कालगण्डकी नदीको किनारमा फालिएको छ ।  जसका कारण पवित्र र तीर्थ जाने नदीका रुपमा मानिएका यी दुई नदि विस्तारै बाग्मतीमा परिणत नहोलान् भन्न सकिदैन । स्थानीय सरोकारवाला निकायले बजार सफा बनाउने नाउँमा विश्वकै एक मात्र शालिग्राम पाइने नदी कालिगण्डकी र बढी विद्युत उत्पादन गर्न सक्ने क्षमता भएको मोदी नदिलाई ढलको रुपमा प्रयोग गरेका छन् जसका कारण सरसफाई अभियानको सार्थकतालाई कमजोर बनाउने देखिन्छ । अभियानको उदेश्य बजार सफा गरेर नदीहरु फोहोर बनाउने त पक्कै हैन होला तर पनि अहिले जे भैरहेको छ त्यो भने अभियानको उदेश्य हो की भन्ने देखिएको छ । यस तर्फ तत्तकाल सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।

अर्को तर्फ अझै पनि कतिपय सरकारी संघसंस्था सफा हुन सकेका छैनन । बाटो, सडकपेटीमा रहेको फोहोरको टुक्रा टिप्दैमा पनि बजार सरसफाई हुन सक्दैन । सदरमुकाम भित्र रहेका दूई शौचालय मध्य एकको अबस्था दयनीइय छ जसको चाँसो कसैलाई छैन । शिवालयचोकमा रहेको चर्पीको प्रयोग भएता पनि त्यसमो फोहोर उत्तीकै छ भने ज्ञादी झोलुङ्गे पुल नजिकै रहेको चर्पीको दुरदशा कसैले देख्न सकेको छैनन । कुश्माबजारको फोहोर नदीमा मिसाउनेले जिल्लामा आएका पर्यटक तथा मानिसको मलमुत्र मिसाउनको लागि अब भने कुन ठाउँमा मिसाउने स्थानीय सरोकारवाला निकायले यता पनि सचेत र सगज बनौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ