2026-06-29 09:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालाबजारी र जनघातीलाई पानी मुनी गएपनि नछोड्ने बिप्लब माओवादीको चेतावनी

biplab maoist parbatmaचैत ७, पर्वत । विप्लव नेतृत्वको नेकपा माओवादी निकट राष्ट्रिय युवा जनस्वमसेवकको एकिकृत युवाअभियान टीमले आज पर्वतको सदरमुकाम कुश्मा बजारमा कोणसभा सम्पन्न गरेको छ ।कोणसभामा बोल्दै अभियान टिककी प्रमुख तथा राष्ट्रिय युवा जनस्वमसेवककी केन्द्रिय कोषाध्यक्ष मिना चलाउनेले जनताको रगत पसिनामा होली खेलेर माओवादी आन्दोलनाई धोका दिने धोकेबाजहरु तथा अहिले उदय भएका काला बजारी र जनघातीहरुलाई पानीमुनी गएपनि नछोड्ने चेतावनी दिएकी छन् ।

त्यसतै कोणसभालाई पर्वतमा स्वागत गर्दै धौलागिरी ब्युरोका सदस्य तथा पर्वत जनपरिषद्का प्रमुख बैकुण्ठ गिरी माओवादी आन्दोलन कसैको इच्छा प्राप्ती लागि नभएको बताउँदै जनताको रगत चुसे चिर निन्द्राको नाकट गर्ने कसैलाई छुट नभएको भन्दै त्यसता धोकेबाज तथा नेपाली जनताको दुश्मनहरुको नेपाली कागजमा नाम लेखेर हिसाब राखेको बताए ।

कोणसभाका अर्कोबत्ता तथा राष्ट्रिय युवा जनस्वमसेवकका धौलागिरी प्रमुख अनन्त केसीले जनताको बिरुद्धमा आएको संबिधान आफुहलाई कुनै हालतमा मान्ने नहुने बताउँदै यस्तो संबिधानमा आगो बालेर जनताले ताप्ते बताए । उनले भने हामीलाई यो संबिधानले अपहेला गरेको छ नेपाली जनतालाई तल्लो स्तरमा राखेर केहि मालिकहरुले बनाएको संबिधानमा आफुलाई कुनै इच्छा नभएको भन्दै जनताले आफ्नो संबिधान बनाईसकेको बताए । युवाअभियानले देशमा रहेकाकालो बजारी तथा कमिसनघोर बिरुद्ध पनि आवाज बुलन्द पारेको छ ।

biplab maoist parbat ma

मेची महाकालि अभियानमा राष्ट्रिय झण्डाको बहस

पटक पटक देशलाई पिसपिसमा बिक्री गेर आफ्नो स्वार्थ पुुर्ति गरेको मानिसहरुलाई तथा बिप्लव माओवादी पनि अरु पार्टी जस्तै त हो नि भन्नेहरुलाई गतिलो जवाफ भएको छ ।

उनीहरुले बोकेर हिडेको राष्ट्रिय झण्डा आज पर्वत जिल्लाको कुश्मा बजारमा राष्ट्रिय झण्डाको निकै प्रसंसा भयो । स्थानियहरुले भने देशलाई माया गर्नेले राष्ट्रिय झण्डालाई काधमा बोकेर हिड्छ भन्दै बिप्लव माओवादीका युवाहरुको खुलेर स्रसंसा गरे यति मात्रै होईन सामान्य खालका झण्डै ५०/५५ जनाको युवा टोलीलाई देशलाई बचेरखोनीहरुलाई नछाड्ने उदघोष गर्दा स्थानियहरुले सँगै लाग्न नपाए पनि सुभेक्षा रहेको बताए ।-सूचना केन्द्रबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ