2026-10-15 02:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अधिकारसंगै कर्तव्यबोध गर्नु पर्नेमा जोड

फागुन २४, सुर्खेत । कर्णाली प्रदेशका समाजिक मन्त्री दल रावलले अबका दिनबाट कर्णालीका महिलाहरुका हक, अधिकार सुनिश्चित हुँदै जाने बताएका छन् । समाजिक विकास मन्त्रालयद्धारा १ सय ९ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा वीरेन्द्रनगरमा शुक्रबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक विधामा आवद्ध महिलाले आफ्नो कर्तव्य र अधिकारलाई बुझ्नुपर्ने बताए ।

मन्त्री रावलले श्रीमान् र श्रीमतीको समान व्यवहार भएमा मात्र एक अर्काेप्रतिको सम्मान हुने बताउँदैे महिला हिंसा सुरुवात आआफ्ना घरबाट नै हटाउनुपर्ने जरुरी रहेको बताए । उनले आगामी दिनमा हालसम्म महिला अधिकारका क्षेत्रमा प्राप्त अधिकार रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याउँदै लैङ्गिक समानताका लागि घरपरिवारदेखि परिवर्तनको सुरुवात गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कर्णाली प्रदेशका कृषि तथा सहकारी मन्त्री विमला केसीले महिला दिवस वर्षमा एक दिन मनाएर सकारात्मक परिवर्तन नआउने बताउँदै महिला सहभागिताविना दिगो शान्ति र विकास सम्भव नहुने धारणा व्यक्त गरिन् । उनले राज्यले श्रमिक महिलाहरुका हितमा काम गर्न आवश्यकता रहेको बताइन् । उनले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी संरचनाले महिला सशक्तीकरणमा चाहेअनुसारको उल्लेखनीय सुधार नदेखाएकाले अब आरक्षणका साथमा समानताको नीति राज्यले अबलम्बन गर्नुपर्ने बताइन् ।

सो अवसरमा कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तिले कोठा कोठामा महिला दिवस मनाएर मात्रै नभएर महिलाहरुले आफ्नो हक र अधिकारका निमित्त लड्नु पर्ने धारणा व्यक्त गरिन् । उनले महिलाहरुले आफुलाई सशक्त बनाउनका लागि आर्थिक रुपमा बलियो हुनपर्ने भन्दै महिलाहरु घरको चुलोचौकोमा मात्रै सिमित भएर मात्रै हक अधिकार नआउने बताइन् । संविधानले सुनिश्चित गरेको अंशीय वंशीय अधिकार व्यवहारमा कार्यान्वयन गर्न अहिले भइरहेका प्रयासमा आम महिलाको चासो सकारात्मक रहेको उनको भनाइ छ ।

कार्यक्रममा सरोकारवाला र मानवअधिकार कर्मीहरुले गाउँ घरमा विद्यमान महिलाविरुद्धका अन्धविश्वास तथा कुप्रथा अन्त्य गर्नका लागि महिला शिक्षामा लगानी बढाउन जरुरी रहेको बताए । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार – समृद्धिको आधार’ भन्ने नाराका साथ महिला दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता