2026-10-15 02:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पूर्व लडाकू कमाण्डरलाई नगर निर्माणको नेतृत्व

फागुन २४, कालिकोट । रास्कोट नगरपालिकाले पूर्व जनमुक्ती सेनाका कमाण्डरलाई निर्माण कार्यदलको नेतृत्व सुम्पकोे छ । तत्कालिन माओवादी जनमुक्ती सेनाका विग्रेड सहायक कमाण्डर सुवास खड्काको नेतृत्वमा निर्माण कार्यदल गठन गरिएको हो । तत्कालिन जनयुद्ध पछि शान्ति प्रक्रियाका क्रममा सेना समायोजनमा स्वेच्छिक अवकास रोजेका पुर्व लडाकुको नेतृत्वमा कार्यदल तयार गरिएको हो । 

तत्कालिन शसस्त्र युद्धमा ७० भन्दा धेरै युद्धको मोर्चामा भाग लिएका खड्कालाई रास्कोट नगरपालिकाले कमाण्डरको रुपमा जिम्मेवारी दिएको छ । निर्माण कार्यदलमा अधिकांश पुर्व लडाकु भर्ती गरिएका छन् । जसको नेतृत्व पुर्व लडाकुले नै गरेका छन् । रास्कोट नगरपालिकाको ९ वटै वडाको नेतृत्व गर्ने गरी पुर्व लडाकु खड्कालाई निर्माण कार्य दलको जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ । प्रत्येक वडाबाट २५ देखि ४० जनासम्म निर्माण कार्यदलमा आवद्ध छन् । 

तत्कालिन छैटौं डिभिजन अन्तर्गत जित विग्रेडका साहायक कमाण्डर रहेका खड्काले युवा विकासका सारथी भएकाले निर्माणको बाटो रोजेको बताए । बेरोजगारीबाट तड्पीएका युवाको नेतृत्व गर्न पाउँदा निकै खुसी भएको खड्काको भनाई छ । ‘मैले ८ सय जना तत्कालिन जनमुक्ती सेनाको नेतृत्व गरेको थिएँ’ उनले भने, ‘राजनीतिक परिस्थिति भुमिका बदलियो ।’ बेरोजगारले थला परेका युवाहरु अब नगर निर्माणमा जुटेको उनले बताए । युवालाई रोजगारी दिने उद्देश्यले श्रम बैंकको नीति अपनाएर निर्माण कार्यदल गठन गरिएको रास्कोट नगरपालिका मेयर काँशीचन्द्र बरालले बताए । 

रास्कोट नगरपालिकाले बेरोजगार युवालाई रोजगारी दिन श्रम बैंक सञ्चालनमा ल्याए पनि कार्यदल गठन प्रक्रियामा समावेसी नभएको नागरिक समाजका अगुवा अमलराज शाहीले बताए । आफन्त र नजिकका व्यक्तिहरुलाई कार्यदलमा भर्ती गरिएको उनको आरोप छ । रास्कोट नगरपालिका वडा नम्वर १ का स्थानीय युवा कलिन्द्र शाहीले भने, ‘हामिले रोजगार कहिले पाउँने होला ? जनप्रतिनिधिले आफ्ना आफन्त मात्र निर्माण कार्यदलमा भरेका छन् । वर्षको दुइ पटक भारतको कालापहाड जानु पर्छ । म जस्ता धेरै युवाले ढुंगा माटो फाल्ने रोजगार पनि पाएका छैनौं ।’ 

तर, नगर प्रमुख बरालले श्रमयोग्य नागरिकलाई नगरपालिकाभित्र नै रोजगारी दिने लक्ष्य राखेर श्रम बैंकको स्थापना गरेको बताए । युवालाई निर्माणमा खटाएर नगरपालिकाभित्र कुनै पनि युवालाई बेरोजगार नराखिने उनको भनाइ छ । नगरका सबै वडाबाट बेरोजगार युवा समेटेर श्रम बैंक स्थापना गरिएको हो । जसमा १८ देखि ४९ वर्षसम्मका बेरोजगार महिला–पुरुष सदस्य रहेका छन् । उनीहरूको क्षमताअनुसार काममा लगाइने नगर प्रमूख बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता