२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रङहरुको पर्व “होली” हर्षोल्सापूर्वक मनाइदै

२०७२, ९ चैत्र मंगलवार ०३:१९

 efefचैत्र ९ पर्वत  विभिन्न    रङ, अबिर र लोला खेली आजदेखि आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई राजधानी काठमाडौं लगायत देशका पहाडी भागहरुमा आज होली पर्व हर्षोल्सापूर्वक मनाइदैछ।  नेपालका सबै जात जातिले मनाउने होली पर्व आज पहाडी भेगमा मनाउने गरिन्छ भने भोलि तराईका क्षेत्रहरुमा हर्षोल्लासपूर्वक होली मनाइन्छ । यसै क्रममा विभिन्न विद्यालयहरु संघ संस्थाले होलीको उल्लासमय कार्यक्रम आयोजना      गरेका छन् ।  पहाडी र तराइ क्षेत्रमा दुई दिनसम्म मनाइने होली पर्वका अवसरमा साथी भाइ तथा इष्टमित्रहरु एकठाउँमा जम्मा भएर रंगहरुसँग खेल्दै रमाइलो गर्ने प्रचलन छ।

त्रेतायुगमा   हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए।   भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ। हिन्दुहरुले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गरेको हुदा होलीमा रङ्गहरूको टीका लगाइ मनाउने गरिन्छ। फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिंदै आएको छ।  वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङहरू हालेर एक अर्कालाई रङ्गीन बनाएर   मनाउँछन् । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर९विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूर्णिमाको रातमा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।   संस्कृतिविद्का अनुसार सत्ययुगमा भगवान विष्णुका भक्त प्रल्हादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हाद्लाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भइ असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्व मनाइने गरिएको हो।

होली तराईमा भोली

आपसी सद्भाव र मेलमिलापको पर्व फागु ९होली० तराई क्षेत्रमा भने भोली उत्साहपूर्वक मनाइँदैछ। पन्द्र दिने परिक्रमा मेला सम्पन्न भएको भोलिपल्ट यहाँ फागु वा फगुवा पर्व मनाइने परम्परा  रहेको छ। सांस्कृतिकका साथ वैज्ञानिक महत्व बोकेको यस पर्वमा खेलिने रङका अबिरले छालाको रोग निवारण गर्ने, खोकी नाश गर्नुका साथै होलीका दहनको धुवाँबाट शीतकालजन्य  रोग नास हुने र खरानीले दुष्टात्माको कुदृष्टि नपर्ने जनविश्वास रहेको छ।

जर्वजस्ती लालो हान्नेलाई २ बर्ष जेल सजाय

जबरजस्ती लोला हान्नेलाई यसबर्ष पनि प्रहरीले कडाई गर्ने भएको छ ।  होलीको बेलामा जर्बजस्ती लोला होन्नेलाई  सार्वजानिक अपराध अन्तरगत दुई बर्ष सम्म जेल सजाय हुने प्रहरीले जनाएको   छ । महानगगरीय प्रहरीले एक विज्ञप्तीनै जारी गर्दै होलीको अबसरमा कसैको इच्छा विपरीत रंग लगाउने , लोला हान्ने क्रियाकलाप गरेका त्यस्ता व्यक्तिलाई मुद्धा चलाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट