2026-06-30 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धौलागिरीको कम्युनिष्ट आन्दोलनः उदभव र विकास कृतिको पर्वतमा समिक्षा

 ‘धौलागिरीमा कम्युनिष्ट आन्दोलनः उद्भव र विकास’ पुस्तकका लेखक  कृष्ण बहादुर केसी आफ्नो कृतिमाथि प्रकाश पार्दै

‘धौलागिरीमा कम्युनिष्ट आन्दोलनः उद्भव र विकास’ पुस्तकका लेखक कृष्ण बहादुर केसी आफ्नो कृतिमाथि प्रकाश पार्दै

कम्युनिष्ट एकताका लागि बक्ताहरुको जोड
पर्वत एमाओवादी युवा नेता एवं बागलुङ जिल्ला निवासी कृष्ण बहादुर केसीद्धारा लिखिति समग्र धौलागिरीको कम्युनिष्ट आन्दोलन सम्वन्धी पहिलो कृति ‘धौलागिरीमा कम्युनिष्ट आन्दोलनः उद्भव र विकास’ पुस्तकको विहिवार पर्वत जिल्लामा समिक्षात्मक अन्तरत्रिया कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी पत्रकार संघ पर्वतको आयोजनामा उक्त पुस्तकको बारेमा समिक्षा तथा छलफल भएको थियो । पुस्तकमा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङमा कम्युनिष्ट पार्टीको स्थापना, विगत र वर्तमान अवस्थाको बारेमा उल्लेख गरिएको छ । यस क्षेत्रको राजनैतिक आन्दोलन र परिर्वतनका निम्ती माक्सवादी दर्शन र विचार बोेकेका सबै कम्युनिष्ट पार्टीहरुको योगदानको चर्चा गरिएको छ ।

लेखक केसीले एमाले एमाओवादी, माले, जनमोर्चा, नेकपा माओवादी, तात्कालीन नेकपा एकिकृत नेकपा मसाल, एकताकेन्द्र लगायतका पार्टीहरु र ति पार्टीका नेता तथा कार्यकर्ताहरुले निर्माण गरेका संगठन, आन्दोलनमा शाहदत भएका शहिद, घाईते, वेपत्ताहरुको अवस्था लगायतका थुप्रै विषयहरु समेटेका छन् । कार्यक्रममा वोल्दै लेखक केसीले धौलागीरीको कम्युनिष्ट आन्दोलनको पुस्तक लेखनले समग्र नेपालको आन्दोलनमा बामपन्थीहरुको अवस्थाका बारेमा बुझ्न थप प्रेरणा मिल्ने दाबी गरेक थिए ।

 ‘धौलागिरीमा कम्युनिष्ट आन्दोलनः उद्भव र विकास’ पुस्तकमाथि भएको अन्तरक्रिया कार्यक्रममा आफ्ना धारण राख्दै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल

‘धौलागिरीमा कम्युनिष्ट आन्दोलनः उद्भव र विकास’ पुस्तकमाथि भएको अन्तरक्रिया कार्यक्रममा आफ्ना धारण राख्दै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल

लेखकले कम्युनिष्ट आन्दोलनमा पर्वतको भुमिकाका बारेमा उल्लेख गर्नुका साथै मुलुक परिवर्तनमा पर्वतले खेलेको योगदानको चर्चा गरेका छन् । उक्त पुस्तकको समिक्षा कार्यक्रममा पर्वतका बामपन्थी दलहरु लगायतका विभिन्न राजनैतिक दल, संघसंस्था एवं सरकारी निकायका प्रमुख प्रतिनिधीहरुले पुस्तक माथि टिप्पणी तथा धारणा ब्यक्त गरेक थिए । कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले बामपन्थी शक्तिहरुको एकता हुनुपर्नेमा जोड दिएका छन् ।

लेखक कृष्ण केसीले धौलागिरीका कम्युनिष्टहरुमा बिद्रोही स्वभावको बिशेषता रहेको उल्लेख गर्दैे धौलागिरीका कम्युनिष्ट पार्टीहरुमा बैचारिक भन्दा पनि कतिपयले हावादारी गफ गर्ने प्रवृत्ती चुनौतीको रुपमा रहेको बिश्लेषण गरेका थिए । कार्यक्रममा नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी, एमाओवादीका जिल्ला सचिव ढाकाराम गौतम, नेकपा माओवादी पर्वतका जनपरिषद संयोजक बैकुण्ठ गिरी, नेकपा क्रान्तिकारी माओवादीका संयोजक तेजेन्द्र पौडेल, नयाँ शक्ति अभियानका यामबहादुर चोचाङगी नविन, शहिद प्रतिष्ठानका अध्यक्ष एवं एमाओवादी जिल्ला कोषाध्यक्ष मनरुपा शर्मा, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, एमाओवादीका मनबहादुर पौडेल लगायतले पुस्तकको बारेमा चर्चा गर्नुका साथै पुस्तकले समेट्न नसकेका विषयमा सुझाव राखेका थिए ।

त्यसैगरी एमाले नेता मेघनाथ सुवेदी, अधिवक्ता जगदिश शर्मा पौडेल, जेष्ठ कम्युनिष्ट नेता तोयनाथ चालिसे लगायतले पुस्तक माथि टिप्पणी गरेका थिए । उनिहरुले कम्युनिष्ट आन्दोलन मार्फत भएका उपलब्धिलाई रक्षा, कमजोरीको समिक्षा र एकताका साथ नयाँ योजनाको विषयमा थप बहस आवश्यक रहेको औंल्याएका थिए ।सहभागीहरुले धौलागिरीको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक दस्तावेज मानिएको पुस्तकमा धेरै बिषय छुटेकाले त्यसलाई समेट्न लेखकलाई सुझाव दिएका छन् । क्रान्तिकारी पत्रकार संघ पर्वतका अध्यक्ष मुरारी संगमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन प्रगतिशिल लेखक संघका केन्द्रिय सदस्य शैलेज पौडेलले गरेका थिए ।

20160324_085859

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ