2026-09-18 07:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

युवाहरुको मन आर्थिक रुपमा विपन्न र स्कुले बालबालिकामाथि

पर्वत, जिल्लामा पाँच बर्ष पहिले संगठानात्मक रुपमा संगठित भएर जिल्लामा परोपकारी काम गर्दै आइरहेको रोट¥याक्ट क्लब अफ पर्वतले आफ्नो भर्खरैमात्रै स्थापना दिवस मनाएको छ स्थापना दिवसको अबसरमा जिल्लामा विभिन्न क्षेत्रमा आफ्नो सेवा प्रदान ग¥यो । त्यतिले मात्रै उनीहरुको सेवाभावलाई समिति राख्न सकेन जसका कारण पनि विहिबार उनीहरुको मन फेरि आर्थिक रुपमा विपन्न दलित तथा एक महिला र स्कुले बालबालिकामाथि गयो । विहिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुले विपन्न महिलालाई बाख्रा र स्क्ुले बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तण गरे ।होम्स अफ होप नेपालको सहयोगमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको अािर्थक स्तरोन्नतीका लागि उन्नत जातका बाख्रा वितरण गरेको हो ।

11163745_1276647069017011_6586581379688167519_n

क्लवले दुर्लुङ्गका जुम बहादुर गुरुङ्ग र भिम बहादुर गुरुङ्ग, पकुवाका सीता पौडेल तथा ठुलीपोखरीका पार्वती विश्वकर्मालाई बाख्रा हस्तान्तरण गरेको हो । आर्थिक अवस्थाकै कारण अन्य समस्या आउन नदिनका लागि बाख्रा हस्तान्तरण गरिएको क्लवका अध्यक्ष सन्तोषराज पौडेलले बताए ।  कृषकहरुलाई हस्तान्तरण गरिएका बाख्राबाट प्रत्येक कृषकले एक पाठी क्लवलाई फिर्ता गर्ने तथा क्लवमा फिर्ता गरिएका पाठी अन्य कृषकहरुलाई वितरण गरिने जनाईएको छ । यसैबिच क्लवले बिहिबार नै आर्थिक अवस्था कमजोर भएका दुई छात्रालाई छात्रवृत्ति समेत वितरण गरेको छ । नमुना आवासीय उच्च माध्यमिक विद्यालयमा अध्ययनरत आशा पुन र विपना सुनार लाई क्लवले नगद रु १०÷१० हजारका दरले छात्रवृत्ति वितरण गरेको हो ।

12321364_1276646775683707_5603724000426918633_n

सोही, कार्यक्रममा पञ्चरत्न प्राथमिक विद्यालयका १५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको छ । आर्थरको उक्त विद्यालयमा कक्षा एक देखि पाँचसम्म अध्ययनरत विद्यार्थीलाई झोला, ड्रेस र कपी वितरण गरिएको हो ।  यस्तै प्रगतिशिल आमा समूह ठुलीपोखरीलाई एक थान स्ट्रेचर समेत वितरण गरिएको छ । क्लवले समुहका अध्यक्ष सीता लामिछानेलाई स्टे«चर हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथी रोटरियन डा. तुलसी महर्जन र क्लवका अध्यक्ष सन्तोषराज पौडेलले संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण पछि बोल्दै प्रमुख अतिथी महर्जनले रोट्रयाक्ट क्लव अफ पर्वतको सहयोगी भावनाको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगी कार्यको लागि शुभकामना दिएका थिए । सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सहयोगको लागि नै रोटरी र रोट्रयाक्ट क्लवको स्थापना गरिएको बताउँदै उनले उद्धेश्य अनुसारको कार्य गर्नका लागि सदा तत्पर रहन आग्रह गरेका थिए ।  कार्यक्रममा रोटरी क्लव अफ पर्वतका पदाधिकारी, रोट्रयाक्ट क्लवका पदाधिकारी, पत्रकार, शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो । क्लवका सदस्य मिना खड्काको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव आरसी पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई