2026-07-24 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दूध बेच्न दैनिक छ घण्टा पैदल

सन्तोष गौतम
मल्लाज(पर्वत) १२ चैत । उत्तरी पर्वतको लेकफाँटका कृषकहरु दैनिक छ घण्टा पैदल हिडेर म्याग्दीको सदरमुकाम बेनीमा दूध बेच्न आउने गरेका छन् ।   गाउँमा सडक पुगेको बर्षौ भएपनि यातायातका साधन नचल्दा लेकफाँटका कृषकहरु पिठ्युमा बोकेर ढूध ढुवानी गर्न बाध्य भएका हुन् । गाउँमा यातायात र दूध संकलन गर्ने व्यवस्था नहुँदा दूधको भारी बोकेर बेनी आउने गरेको लेकफाँट २ गडेखोलाका कृषक बाबुराम रेग्मीले बताउनुभयो ।  दश वर्षदेखि लेकफाँटदेखि बेनीमा दूध ल्याएर बिक्री गर्दै आएका ४६ वर्षिय रेग्मीले बेनी आउन तिन घण्टा ओरालो र बेनीबाट घर फर्कन थप तिन घण्टा उकालो हिड्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

Milk farmer (2)

पर्वतको धाईरीङ मिलनचोक हुदै लेकफाँट जोड्ने सडक घुमाउरो, कच्चि, प्राबिधिक हिसावले कमजोर हुँदा न्युन मात्रामा सार्वजनीक यातायातका साधन चल्छ । गाडी रिजर्भ गरेर अथवा आफैले गाडी किन्न सक्ने अवस्था नहुँदा कृषकहरुलाई दूध ढुवानी गर्न समस्या भएको हो ।    लेकफाँट २ गडेखोलाका बाबुराम रेग्मी, शालीग्राम सुवेदी, नरहरी सुवेदी, मोहदत्त सुवेदी, हरिकला पौडेल र देवीकला सुवेदीले गाउँमा संकलन हुने दूध बेनीमा ढुवानी गर्दै आउनुभएको छ । उनिहरुले आफ्नो घर र छिमेकीले उत्पादन गरेको ढूध संकलन गरेर ग्यालीन र बोत्तलमा राखेर बेनीका डेरी तथा उपभोक्ताको घरमा लगेर बेच्ने गरेका छन्  .

Milk farmer (1)

  लेकफाँटबाट बेनीमा दैनिक एक सय ८० लिटर दूध ल्याउने गरेका छन् । ढुवानीको समस्याले गर्दा दुख पाउने र समय धेरै खर्च हुनुका साथै दूधको उचित मूल्य पनि पाउन नसकेको कृषक शालीग्राम सुवेदीले बताउनुभयो । गाउँमा कृषकले प्रतिलिटर ४० रुपैयाका दरले दूध बेच्ने गरेका छन् । बेनीमा ल्याएर ५० रुपैया प्रतिलिटरका दरले बिक्री हुन्छ ।    बेनीमा दूध बेच्ने अन्य ठाउँका कृषकले प्रतिलिटर ५७ रुपैया सम्म पाउँछन् । ढूधको भारी बोकेर जंगल, भिर र खोल्साको बाटो हिड्दा दुख भएको कृषक सुवेदीको अनुभव छ ।

Milk farmer (3)

  आयआर्जनको अन्य विकल्प नभएकाले उत्पादन गरेको ढूध बिक्री गर्नका लागि भारी बोकेर बेनी आउनुपर्ने बाध्यता रहेको कृषकहरु बताउँछन् । लेकफाँटका ३० घरधुरीले ब्यवसायीक रुपमा भैसीपालन गरेर दूध उत्पादन गर्दै आएका छन् ।  लेकफाँटमा केही वर्षअघि दूध संकलन केन्द्र स्थापना भएपनि केही दिन सञ्चालन भएर बन्द भएको थियो । जिल्ला पशु सेवा कार्यालयले दूध संकलन गर्ने र ढुवानी गर्ने सामानहरु पनि दिएको थियो । दूग्ध संकलन केन्द्र पुन सञ्चालनमा ल्याउन सकेमा धेरै राहत हुने कृषक नरहरी सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक