2026-07-28 07:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फेसबुक, मदिरा, सेक्स र हत्या

पछिल्लो सयममा सामाजिक संजाल, मदिराका कारण हत्याका घटनाहरु बढिरहेका छन् । समाजिक संजालमा चिनेको भरमा सम्बन्ध राख्ने र त्यसले नै अन्त्यमा ज्यान लिने समेत गरेको भेटिन्छ । केहि समय अगाडीमात्रै पोखरामा नेहा पुनको हत्या सामाजिक संजाल, मदिराका कारण नै भयो भने आज फेरि यहि घटना काठमाडौमा भेनिसा लिम्बुमाथि दोहोरियो । फेसबुकमा सम्बन्ध अगाडी बढाउने, भेटघाट गर्ने र सेक्सको लागि हत्या गर्ने पछिल्लो समयमा बढिरहेको छ । यी दुई त केबल पात्र मात्र हुन यस्तै पुन र लिम्बु जस्ता अनेक युवती यसरीनै आफ्नो जिवनलाई मुत्युको मुखमा पु¥याएका छन् । मृतक दुवैले सामाजिक संजालमा प्रेम र सम्बन्धका बारेमा उल्लेख गरेको    प्रहरीको भनाई छ । भने उहीहरु विच पाटी हुने र त्यसमा मदिराको प्रयोग हुने र मदिराको मातमा सेक्स गर्न खोज्ने र नमान्ने गरेका      कारण हत्या भएको ओरोपीले प्रहरीलाई बयान दिदै आइरहेका छन् ।

उनीहरु भर्चुअल संवादबाटै निकट बन्ने, दाई वा प्रेमीका रुपम भेटघाटबाट आत्मीय रुपमा अगाडिसम्बन्ध बढाउने र अन्त्यमा त्यही सम्बन्ध मार्ने र मर्नेका रुपमा स्थापीत हुदै आएको छ । ’सामाजिक सञ्जालमा जोडिएको सम्बन्धकै आधारमा विश्वास गरेर सम्बन्ध अगाडि बढाउने र योसँगै युवा वर्गमा बढेको मदिरा लत र यौन सम्बन्धबारे बढेको खुला विचार पछिल्लो समयमा घटनाका  सहायक कारक बनेका छन् । जसका कारण पनि युवतीको हत्या हुने गरेको छ ।  पछिल्लो समयमा बढ्दै गएको सामाजिक संजालको नकरात्मक प्रयोग र यसबाटहु्ने सम्बन्धका कारण पछिल्लो समयमा हत्या हुने गरेको देखिन्छ ।

यस्ता अप्रिय घटनाबाट छुटकार पाउनको लागि  अभिभावकले आफ्ना सन्तानमाथि निगरानी बढाउनु आवश्यक छ । उनीहरु अहिले के गरिरहेका छन् र कसको संगत गरेका छन्, उनीहरुको बानीव्यवहारमा कस्तो परिर्वतन आएको छ वा कुनै लतमा लागेका छन् की त्यसको बारेमा अभिभावकले होस् पु¥याउनु आवश्यक छ । अन्यथा आफ्ना छोराछोरीको भविश्य अन्धकारमा त पुग्नेछ इज्जतमा समेत कलंकको टिका लाग्ने छ त्यसैले आफ्ना सन्तानमाथि अभिभावकको आँखा लाग्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ