2026-09-18 10:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दुई सयको निशुल्क आँखा उपचार

पर्वतको बनौं गाविसमा करिव दुई सय जना व्यक्तिहरुको निःशुल्क आँखा जाँच गरिएको छ  । शनिबार लायन्स क्लव अफ पर्वत मोदीकालीको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बनौं र आसपासका गरि एक सय ८० जना व्यक्तिहरुको निःशुल्क आँखा परिक्षण गरिएको हो । कार्यक्रमका अवसरमा बोल्दै क्लवका अध्यक्ष अर्जुन चापागाईंले ‘हरेक नागरिकमा अन्धोपन निवारण’ भन्ने नाराका साथ जिल्लाभर समय–समयमा आ“खाको उपचार गर्दै आएको क्लवले भौगोलिक विकटताका कारण सदरमुकामसम्म आउन नसक्ने गाउ“का बिरामीहरुलाई घरदैलामै सेवा दिन शिविरको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रमका अवसरमा बोल्दै लायन्स क्लव अफ पर्वत मोदीकालीका संस्थापक अध्यक्ष रामचन्द्र जोशीले क्लवले कुनै स्वार्थबिना गाउँगाउँमा यस्ता शिविर आयोजना गर्दै आइरहेको भन्दै यहाँ गरिएको शिविरमा पनि हिमालय आँखा अस्पताल र मिना फाउण्डेसनको सहयोगमा काम सम्पन्न गर्न लागिएको बताउनुुभयो । कार्यक्रमका अवसरमा बोल्दै स्थानीय बनौं माविका व्यवव्स्थापन समिति अध्यक्ष होम पुर्जाले बनौं जस्तो दुर्गम गाउँमा आएर शिविर गर्दा स्थानीय बृद्धबृद्धा लगायतलाई ठूलो राहत भएको बताउनुभयो ।

कार्यक्रमका अवसरमा क्लवका उपाध्यक्ष गोबिन्द आचार्य, पत्रकार महासंघका सचिव छबिलाल तिवारी, गाविस  सचिव रामप्रसाद रिजाल, लगायतले आँखा शिविरले स्थानीयहरुको स्वास्थ्यमा ठुलो राहत भएको बताएका थिए । शिविरमा हिमालय आँखा अस्पताल पोखराका प्राविधिक गोबिन्दप्रसाद बडु सहितको टोलीले आँखा परिक्षण गरेका थिए । परिक्षणका क्रममा नौ जनामा मोतियाबिन्दु देखिएको र उनिहरुको सदरमुकाम कुश्मामा ल्याएर निःशुल्क अपरेशन गरि गाउँसम्म पुग्ने व्यवस्था मिलाइने क्लवका सचिव रविकुमार श्रेष्ठले बताउनुभयो । बिरामीहरुलाई निःशुल्क औषधी र सहुलियत मुल्यमा चस्मा समेत उपलव्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई