2026-07-28 08:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवासको पिडा : असिना पीडित भन्छन्-‘सरकार कता छ’ ?

साजन परियार, फलेवास पर्वत, । पोहोर सालको जेठमा खानीगाउँमा फलफुल देखी वालीनाली असिनाले सखाप पारेपनि पीडित किसानले अझै राहात पाएका छैनन् । उनीहरु भन्छन खै कता छ राहात कता छ सरकार ! खेतीवाली नभित्रिईकनै खेतमै असिनाले सखाप भएपछि किसानको भकारी खाली रहेको छ । त्यहि साल भूकम्पले टाउको ढाक्ने छानो उडायो हातमुख जोर्ने अन्नपात पनि प्रकृतिले सखाप पारेपछि गाउँले थप पीडामा परेका थिए ।

असिनाले अन्नवाली सखाप पारेको दश महिना वित्दिापनि सरकारको राहात नआउँदा किसानहरु भन्दै छन् कता छ सरकार । उनीहरु सरकारको वाटो केुरेर वस्दा वस्दा हैरान भएका छन् । जिल्ला कृषि विकास कार्यालय पर्वतले तत्काल राहात दिने बताएपनि पीडितहरुले अहिलेसम्म राहात नपाएको गुनासो गरेका छन् । असिनापानीले क्षति पु¥याएको दश महिना बितिसक्दा पनि राहात पाउन नसकेको फलेवास क्षेत्रका पीडित किसानहरुको भनाई छ । जेठ महिनामा परेको असिनापानीले पर्वतमा साढे १० करोडको क्षति पुगेको थियो ।असिनापानीका कारण पर्वतको,देविस्थान,खानीगाउँ,मुडिकुवा,भंगरा,लिमिठाना र ठानामैला गाविसमा १० करोड ३७ लाख बराबरको अन्नबाली,फलफुल तथा तरकारीबाली नष्ट गरेका थियो ।जेठको पहिलो साता परेको असिना र पानीका कारण सबैभन्दा बढि खानीगाउँ गाविसमा २ करोड ७० लाख रुपैया बराबरको मकै र तरकारीबाली नष्ट गरेको थियो भने ठानामैला गाविसमा १ करोड ७४ लाख,लिमिठानामा १ करोड ७३ लाख,भंगरामा १ करोड ६० लाख र देविस्थान गाविसमा १ करोड २० लाख रपैयाको अन्नबाली नष्ट भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । असिनापानीले क्षति पु¥याए लगातै जिल्लास्तरिय एक उच्च टोली विवरण संकलन गरेको भfb784775-fe74-42e4-b517-7d5b48d63cadएपनि आफूहरुले दश महिना बितिसक्दा पनि आफुहरुले अहिलेसम्म राहात नपाएको खानीगाउँ गाविसका किसानहरुले गुनासो छ ।
राहात रकम नपाउँदा भोकमरीको समस्या आउन सक्ने उनीहरुको भनाइ छ । असिनाले मकैबालीमा व्यापक क्षति पु¥याएको दश महिनासम्म पनि सम्बन्धित निकायहरुले त्यसमा कुनै चासो नदेखाएको भन्दै फलेवासका असिनापीडितले जिल्ला प्रशासन तथा कृषि विकास कार्यालयमा धर्ना तथा नारा जुलुस गर्ने बताएका छन् । मकैको बीज बृद्धि कार्यक्रम लागू भएको फलेवासमा अहिले मकैको बिउ पाउन सकेत मुस्किल भएको फलेवास नगर विकास समितिका अध्यक्ष हिरामणि सापकोटाले बताए । अहिले मकै छर्ने बेला भो,तर मकेको बीउ पाउन मुस्किल छ । २ सय हेक्टरमा लगाएको मकै सबै सखाप भएकाले मकैको बिउ पाउन गाह्रो भएको सापकोटाको भनाई छ । यसप्रति जिल्ला प्रशासन कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल राहातका लागि पहल नगरे विरोधका कडा कार्यक्रम ल्याउने बताउनुभयो । यता, जिल्ला कृषि विकास कार्यालय पर्वतका बागवनी अधिकृत अजय अधिकारीले मन्त्रालयबीचको समन्वय अभावमा र प्रक्रिया समयमै पूरा नहुँदा पीडितहरुले राहत पाउन नसकेको बताए ।
राहातका लागि कार्यालयले गम्भीर पहल गर्ने तथा कृषि मन्त्रालयबाट आउने कार्यक्रममा फलेवास क्षेत्रलाई पहिलो प्राथमिकता दिइने बचनबद्धता प्रकट गरे । सिँचाईको राम्रो सुविधा भएको जिल्लाको फलेवासमा मकै, धान,गहुँ,तोरी लगायतको राम्रो पकेट क्षेत्रको रुपमा छ । समथर भुभाग र खेतीयोग्य जमिन भएकाले पनि उक्त स्थानमा व्यावासीयक रुपमा कृषि पेशामा लाग्नेहरुको संख्या उल्लेख्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ