2026-10-15 02:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेशसभा बैठक: सांसदद्धारा प्रदेश सरकारको आलोचना

चैत्र ६, सुर्खेत । कर्णाली प्रदेश सभा बैठकमा सांसदहरुले सधै सरकारको आलोचना गर्ने कार्यले मंगलबारको बैठकमा पनि निरन्तरता पायो । प्रदेश सभा बैठकमा प्रायः जसो शुन्य समय र बिशेष समय लिएर बोल्ने सांसदहरुले सरकारको आलोचनामै खर्चिने गरेका छन् । सांसदको आग्रहलाई सरकारले अटेर गर्ने गरेको सांसदहरुको गुनासो फेरी पनि दोहोरियो । सरकारको आलोचना गर्नेमा प्रतिपक्षभन्दा सत्तापक्षकै सांसदहरु बढी आक्रामक रुपमा प्रस्तुत् हुने गरेका छन् । 

मंगलबारको बैठकको बिशेष समयामा बोल्दै सत्ता पक्षका सांसद धर्मराज रेग्मीले प्रदेश सरकारले एक बर्ष बिताए पनि सरकारको कुनै आभाष दिलाउन नसकेको बताए । प्रदेशको संरचना, कर्मचारीको अभाव तथा परिस्थितीजन्य कारण देखाएर बिकास हुन सकेन भन्न नसुहाउने उनको तर्क छ । कर्णाली प्रदेश सरकारले वित्तीय अनुशासन कायम गर्न नसकेको भन्दै नाङ्गो रुप देखाएको उनले आरोप लगाए । 

सांसद दिनबन्धु श्रेष्ठले लाखौ रुपैयाँ खर्च गरेर एक बर्ष अघि कर्णाली रारा भ्रमण बर्ष घोषणा गरेको कर्णाली सरकारले एक बर्षमा कर्णालीमा आउने पर्यटकको तथ्याङ्क राख्न नसकेकोमा आक्रोश पोखे । ‘एक कर्षमा कर्णालीमा कति पर्यटक भित्र्यायौं सरकारसंग तथ्याङ्क छ ?’ उनको प्रश्न छ । कर्णाली राजमार्गको स्तरोन्नती र यो राजमार्गका दर्जनौं अलपत्र पुल निर्माणको काम सक्ने गरी योजना बनाउन सरकारसंग आग्रह गरे । सांसद झोवा बिकले सरकारले गर्ने बिकास समयमै गर्न नसकेकोमा आक्रोश पोखिन् । ‘बेलाको पाउना अबेलाको चोर’ भन्ने नेपाली उखान कर्णाली सरकारको बिकासमा चरितार्थ हुने उनको भनाई छ । ‘समयमा काम गर्न नसक्नु भनेको योजनामा अनियमितता र भ्रष्टाचार बढाउनु हो’ उनले भनिन् । हिउँदमा हिउँले काम गर्न नपाएको र अब पहाडि जिल्लामा यार्सागुम्बा संकलनको काम सुरु भएको भन्दै उनले छिटो काम गर्ने वातावरण बनाउन सरकारसंग माग गरिन् ।

सचिव नियुक्तिको बाटो खुल्यो 

कर्णाली प्रदेश सभा सचिवालयमा सचिवकोे नियुक्तिको बाटो खुलेको छ । १० महिना अघि कर्णाली प्रदेश सभामा दर्ता भएको ‘कर्णाली प्रदेश सभा सचिवालय सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५’ मंगलबार पारित भएसंगै संसद सचिवालयमा सचिव नियुक्तिको बाटो खुलेको हो । कानून अभावमा कर्णाली प्रदेश सभा सचिव नियुक्ती हुन सकेको थिएन । 

कर्णाली प्रदेश सभा सचिवालय सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भएको नौ महिना पछि प्रदेश सभाले मंगलबार पारित गरेको छ । गत असार १९ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको विधेयक साउन ४ गते सैद्धान्तिक छलफल भई साउन २० गते प्रदेश सभाले विधायन तथा प्रदेश मामिला समितिमा पठाएको थियो । समितिले विधेयकमाथि परेका संशोधन र बैठकमा पटक पटकको दफाबार छलफलको प्रतिवेदनसहित विधेयक प्रदेश सभामा पेश गरेको थियो । 

मंगलबारको प्रदेश सभा बैठकमा सभामुख राजबहादुर शाहीले समितिको प्रतिवेदनसहित विधेयक अंग बन्ने गरी सभा निर्णयार्थ प्रस्तुत गरे पछि सभाले सर्वसम्मत विधेयक पारित गरेको छ । यस अघि आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीकोतर्फबाट सामाजिक बिकास मन्त्री दल रावलले विधेयकमाथि उठेका जिज्ञासाहरुको जवाफ दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता