2026-07-25 05:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जेहेन्दारलाई छात्रवृत्ति दिएको हो –प्याव्सन

यसरी बचाउँदै छ प्याव्सनले शिक्षा कार्यालयका कर्मचारीलाई
पर्वत, नीजि विद्यालयले जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको पर्वत प्याव्सनले जनाएको छ ।  जिल्लामा रहेका नीजि विद्यालयमा साँठगाँठ मिलाएर जिल्ला शिक्षा कार्यालय पर्वतका कर्मचारीले आफ्नो पदीय दम्भ र उल्झन देखाई निशुल्क रुपमा आफ्ना छोराछोरी पढाएको समाचार बाहिर आएपछि पर्वत प्याव्सनले यस्तो बताएको हो ।

जिल्लामा रहेका पत्रपत्रिका तथा अनलाइन र सामाजिक संजालमा समेत शिक्षा कार्यलयका कर्मचारीले आफ्नो पदीय दम्भ देखाई नीजि विद्यालयलाई कानूनी उल्झनमा पारेर कक्षा १ देखि १० सम्म आफ्ना छोराछोरी पढाएको खबर बाहिर आएपछि प्याव्सन पर्वतले कुनै पनि कर्मचारीका छोराछोरीलाई डरका भरमा निशुल्क अध्यापन नगराएको तर जेहेन्दार छात्रवृत्ति उपलब्ध गराएर शिक्षा निमावलीको पालना गरेको आसयको विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।

प्याव्सन पर्वतका अध्यक्ष हेमबहादुर क्षेत्री र सचिव रामकृष्ण रेग्मीको संयुक्त हस्ताक्षर भएको उक्त विज्ञप्तीमा  “कुनै पनि कार्यालयका कर्मचारीहरुका छोराछोरी भएकै आधारमा कुनै पनि विद्यालयले आफनो निति विपरित शूल्क छुट नदिएको तर शिक्षा नियमावली अन्र्तगतका छात्रबृत्ति तथा विद्यालयले दिने जेहेन्दार छात्रवृत्ति तथा अन्य सुविधाहरु पाउने अधिकार भने सबै अभिभावक र विद्यार्थीहरुलाई रहेको जानकारी गराईन्छ जुन सामाजिक न्याय अन्र्तगत पर्ने विषय हो भन्ने कुरामा नजर अन्दाज नगरिदिनुहुन पनि सबैमा अनुरोध छ । ” अर्थात् कर्मचारीका छोराछोरीलाई जेहेन्दार छात्रबृत्ति दिएको आसय उल्लेख छ ।

“ शिक्षा कार्यालयका कुनैपनि अधिकृत तथा कर्मचारीहरुबाट पदीय हैसियतमा कुनै पनि किसीमका कार्यका लागि दवाव दिने वा प्रभाव पार्ने उद्धेश्यले कुनै पनि कार्यहरु नभएको समेत विज्ञप्तीमा उल्लेख छ ।  विभिन्न माध्यममा आएका समचारले प्याव्सन र जिल्ला शिक्षा कार्यालयको सम्बन्धमा कुनै विग्रन नसक्ने भन्दै यसमा आफुहरु सचेत रहेको र अरुलाई पनि सचेत रहन बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक