2026-09-19 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बुहारीलाई भलिबल अनिवार्य

नयाँ बुहारी राम्री, जाँगरिली र परिबार ढपक्कै ढाक्ने हुन् भन्ने चाहना सबैको हुन्छ । तर, यहाँको क्याङमा आउने बुहारीको क्षमता त्यतिले मात्रै पुग्दैन । उनी भलिबल खेल्न सक्ने समेत हुनुपर्छ । ९५ प्रतिशत मगर समुदाय बसोबास रहेको यो गाउँमा बुहारी भलिबलमा जति दख्खल राख्छिन् उति नै असल ठहरिन्छिन् । त्यसो भए मात्रै उनी गाउँलेको हाइहाइ हुन्छिन् । नभए दिनहुँ अभ्यास गराएर भए पनि सिक्न लगाइन्छ ।

भलिबल नजानेकी बुहारी भित्रिए अरू बुहारीले सिकाउँछन् । बर्सेनि गाउँमा लाग्ने मेलामा छुट्टाछुट्टै समूह बनाएर प्रतिस्पर्धा गर्छन् । त्यसका लागि स्थानीय बूढापाका र परिवारका सदस्यले साथ दिन्छन् । ‘श्रीमती अहिले भलिबल अभ्यासमा जुटेकी छन्,’ लेस्पारका कुमार पुनले भने, ‘गाउँमा मेलाको तयारी भएकाले दुई महिनायता घरको काम म आफैं गर्दै आइरहेको छु ।’ नयाँ वर्षको स्वागतमा गाउँमा मेला लाग्छ । दुई महिना अघिदेखि नै प्रत्येक परिवारले बुहारीलाई अभ्यास खेलका लागि हरेक दिन मैदान पठाउँछन् ।

‘म पहिले पनि अलिअलि खेल्थें,’ बुहारी गौदेवी पुनले भनिन्, ‘बिहेपछि परिवार पाएको अवसरलाई हौसलाका रूपमा लिएकी छु ।’ भलिबल खेल्न जानेपछि परिवारमा राम्रो सम्मान पाइने अनुभव उनले सुनाइन् । आगामी मंगलबार सुरु हुने मेलामा स्थानीयस्तरका मात्रै आधा दर्जनभन्दा बढी बुहारी समूह छन् । प्रत्येक समूह दुई महिनाअघि देखि नै छुट्टाछुट्टै अभ्यासमा जुटेका हुन् ।

भलिबल जित्ने समूहलाई गाउँमा अभिनन्दन गरिन्छ । यसले परिवारको इज्जत बढ्ने भएकाले पछिल्लो समय बुहारीको भलिबल पारिवारिक प्रतिष्ठाको विषय बन्न थालेको हो । ‘भलिबलमा जित्ने बुहारीको घरमा छुट्टै शान हुन्छ,’ स्थानीय सिर्जनशील युवा क्लबका अध्यक्ष रामबहादुर पुनले भने, ‘त्यसैले पनि हरेक परिवारले बुहारीलाई अनिवार्य खेल्न पठाउँछन् ।’

स्थानीयवासीले भलिबललाई महिलाको स्वास्थ्यसँग जोडेर हेर्ने गरेका छन् । भलिबल खेल्दा बाथ, जोर्नी र पेटको समस्या कम हुनुका साथै निरन्तरको अभ्यासले बच्चा जन्मिँदा हुने प्रसव पीडा पनि कम हुने २४ वर्षीया खेलाडी देउमाया पुनले बताइन् । यस्ता खेलमा विशेषगरी १८ देखि ३० वर्षका बुहारीलाई पहिलो प्राथमिकता दिने गरिएको गाविस सचिव शेखरप्रसाद घिमिरेले बताए । ‘गाउँको सिर्जनात्मक अभ्यासलाई निरन्तरता दिन गाविसका कार्यक्रममार्फत बर्सेनि बजेट छुट्याउने गरेका छौं,’ उनले भने । आजको कान्तिपुरमा खबर छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई