२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

औषधि छ तर स्वास्थ्यकर्मी छैन

२०७५, १४ चैत्र बिहीबार ०७:४७

दाने बोहरा | चैत १४, हुम्ला (रासस) | जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ । 

अधिकांश स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीवासीको छ । 

सर्केगाड गाउँपालिका रिपस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा यहाँको बिरामीलाई उपचारका लागि बोकेर एक दिन पैदल हिँडेर जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने समस्या छ । 

यस्तै जिल्लाको खार्पुनाथ गाउँपालिका–३ का नागरिक सामान्य झाडापखाला र टाउको दुख्ने बिरामी हँुदा पनि रायाँ स्वास्थ्यचौकीमा उपचार नहुँदा बिरामी बोकेर नै जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता छ । त्यहाँका नागरिक बिरामी हुँदा उपचारका लागि नजिकैमा रहेको रायाँ स्वास्थ्यचौकीमा पुग्दा औषधि दिने मान्छे कोही नभएको स्थानीयवासी मानबहादुर परियारले गुनासो गर्नुभयो । 

परियारका अनुसार आफ्ना बुबा दमका रोगी भएको र आमालाई घुँडा, गोडा दुख्ने रोगले सताएकाले उनीहरुका लागि आवश्यक पर्ने औषधि र सुई सिमकोटस्थित फार्मेसीबाट खरिद गरेर लगेको तर सुई लगाउने स्वास्थ्यकर्मी पनि रायाँ स्वास्थ्यचौकीमा नपाएको गुनासो गर्नुभयो । 

रायाँ स्वास्थ्यचौकीमा चेकजाँच गर्ने र औषधि दिने कोही नभएपछि जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । 

स्वास्थ्यचौकीमा सिटामोल भएता पनि सिटामोल दिने मान्छे नभएको दुखेसो परियारले गर्नुभयो । अहिले त्यहाँका नागरिक बिरामी हुँदा जिल्ला अस्पताल सिमकोटमा नै धाउनुपर्ने बाध्यता छ । रायाँ स्वास्थ्यचौकीमा चार जनाको दरबन्दी छ । एक जना हेल्थ असिस्टेन्ट, एक अहेब र दुईजना अनमी गरी चारजनाको दरबन्दी भए पनि स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामी उपचार बिनानै फर्कनुपर्ने अवस्था छ । स्वास्थ्यकर्मी नभएपछि सरसफाइ स्वच्छता प्रवद्र्धनका कर्मचारी जरम शाहीले किडबक्सबाट दिएको पारा सिटामोल र मेट्रो औषधि लिएर त्यहाँका बिरामी घर फर्किने गरेका छन् । 

कार्यालय प्रमुख भगवती श्रेष्ठ र अनमी लोकमाया ओली घर बिदामा गएको छ भने अर्का अनमी कविता बुढा तालीमकै सिलसिलामा सुर्खेतमा रहनुभएको छ । स्वास्थ्यचौकीका अहेब ओमप्रकाश कुसुहा होली मनाएर औषधि लिएर आउने भन्दै सदरमुकाम सिमकोट झरेकाले अझै नफर्किएको स्थानीयवासीको भनाइ छ । 

अहिले स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा औषधि भए पनि सेवाग्राहीले सेवा पाउन नसकेको वडाध्यक्ष गुमन रावलको भनाइ छ । यस्तै, सिमकोट गाउँपालिका–७ स्थित धारापोरी स्वास्थ्यचौकीमा महिला स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलालाई उपचार गराउन समस्या भएको स्थानीयवासी विनोद विकले बताउनुभयो । ती स्वास्थ्यचौकीमा दुई जना अनमीको दरबन्दी रहेता पनि तालीम भन्दै नेपालगञ्ज सुर्खेत झरेकाले समस्या भएको गाउँ कार्यपालिकाका सदस्यसमेत हरनुभएका विकले बताउनुभयो । 

महिला स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्योपचारका लागि गर्भवतीले एक दिन पैदल हिँडेर भएपनि जिल्ला अस्पताल पुग्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ