2026-10-15 01:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सयौं यात्रु विमानस्थलमै अलपत्र

चैत २०, सुर्खेत | पैसा तिरेर टिकट लिन युद्ध जिते झैं गर्नुपर्ने बाध्यताबाट अहिले पनि साविकको कर्णालीमुक्त हुन सकेको छैन । यसको चरम मारमा राष्ट्रिय सडक सञ्जालमा नजोडिएका जिल्ला हुम्ला र डोल्पा छन् । विमान नहुँदा यसपटक सयौं हुम्लीवासी सुर्खेत विमानस्थलमा अलपत्र छन् ।     

उपचार एवं विभिन्न कामले राजधानी सुर्खेत झरेका उनीहरुलाई बेलैमा हुम्ला कसरी पुग्ने भन्ने कुरोले पिरोल्न थालेको छ । वर्षेबाली लगाउने बेला चुक्ने हो कि भन्ने कुराले बढी पिरोलेको यात्रु छवि थापाले बताए । ‘उसै त हुम्लामा उत्पादन नै कम हुन्छ,’ उनले भने, ‘बाली लगाउने बेला चुक्यो भने भोकमरी पर्ने निश्चित छ ।’ 

हवाई यातायातको विकल्प नभएको हुम्लाको समस्याप्रति सरकारको चासो नरहेको हुम्ली सेवा समाजका अध्यक्ष कलबहादुर लामाले टिप्पणी गरे । ‘निजी जहाज आफू खुशी चल्छन्,’ अध्यक्ष लामाले दुखेसो पोखे, ‘सरकारको जहाजले राजधानी सुर्खेत–हुम्ला सेवा दिदैन ।’ उनका अनुसार यात्रुलाई प्राथमिकतामा राखेर काम गर्नेगरी यही चैत १८ गते तारा, सीता र समिट विमानका कम्पनीसँग हप्ताको एक दिन यात्रु उडान गर्न सम्झौता गरिएको छ ।      

यात्रु जय बुढाले सरकारी जहाँज नहुँदा निजी विमान कम्पनीले टिकट नदिने गरेको बताए । गरीबी, पीडा र अविकासमा राज्य आजसम्म गम्भीर नबन्दा झनै पीडा खेप्नु परेको उनको दुखेसो थियो ।     

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले मन्त्रिपरिषद् बैठकबाट नै नेपाल वायुसेवाको सेवा राजधानी सुर्खेतबाट हुम्लालगायत सबै जिल्लामा दिन सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णयगरी पठाएको बताए । सडकमार्ग जोडिएका जिल्ला नभइ राजधानी सुर्खेतबाट हवाई यातायात एकमात्र विकल्प भएको जिल्ला हुम्ला जोड्न नेपाल वायुसेवा निगम सम्बन्ध ‘सेतु’ बन्नुपर्नेमा उनको जोड छ ।

    मुख्यमन्त्री शाहीले भने, ‘यसका विषयमा हामी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग पनि बस्यौं, कहिले पाइलट छैन, कहिले केही छैन भनेर टारियो ।’ पटक÷पटकको मन्त्रिपरिषद्को निर्णयले एउटा जहाज भाडामा दिन वा अर्को जहाज किन्ने स्वीकृत प्रदान गर्न सङ्घलाई अनुरोध गर्दा पनि त्यसको सम्बोधन हुन नसकेको उनको भनाइ छ ।     

नागरिक उड्डयन कार्यालय सु्र्खेतका प्रमुख विनोद पन्तले नेपाल वायुसेवा निगमको जहाज कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कुनै पनि जिल्लामा नजोडिएको जानकारी दिए । ‘निगमको जहाज चले हुम्ला नागरिकको आधा समस्या हल हुन्छ,’ उनले भने, ‘यहाँ सेवा प्रवाह गर्दा निगमलाई पनि घाटा छैन ।’     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित