२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोको हरामको बारुदी सुरुङमा परी ५६५ जनाको मृत्यु

२०७५, २२ चैत्र शुक्रबार ०८:३८

चैत २२, लागोस (रासस -सिन्ह्वा) | नाइजेरियाको सधैँजसो अशान्त भइरहने उत्तरपूर्वी क्षेत्रमा बोको हरामका सशस्त्र आतङ्ककारी समूहले थापेको बारुदी सुरुङमा परेर सन् २०१८ मा मात्र कम्तीमा पनि पाँचसय ६५ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघको बारुदी सुरुङ नियन्त्रणसम्बन्धी निकायले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा उक्त जानकारी दिइएको हो । 

उनीहरुले यस्तो हिंसात्मक हमला अहिले पनि जारी नै राखेका छन् । 

नाइजेरियाका बोको हरामहरुको जन्मस्थल मानिने माइदुगुरीमा आयोजना गरिएको एक कार्यक्रममा उक्त निकायका निर्देशक लियोनल पेचराले बिहीबार सो जानकारी दिनुभएको हो । 

विश्वमा बारुदी सुरुङविरुद्धमा अभियान सञ्चालन गर्ने क्रममा माइदुगुरीमा बिहीबार बारुदी सुरुङका विरुद्धमा जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ । 

बोको हरामले सडक आसपास मात्र नभएर खेतीपाती र अन्यत्र जथाभाबी बारुदी सुरुङ थाप्ने गरेकाले आम मानिसमा त्रास फैलिएको र किसानहरुलाई खेतबारीमा जान डर हुने गरेको ती अधिकारीले जानकारी दिए । 

उहाँले भन्नुभयो, बारुदी सुरुङ निकै खतरनाक भएकाले यसका कारण नागरिकमा पनि ठूलो त्रास बढेको, सर्वसाधारण नागरिक निर्धक्क भएर बाटो हिँड्न या आफ्नो खेतीबालीमा जान पनि नसक्ने अवस्था आएको छ । 

उहाँले संसारमा नै यस्तो घातक कार्यको विरोध गर्न र संसारका नागरिकलाई यसका विरुद्धमा सचेत हुन सक्नेगरी सन्देश दिन आग्रह गर्नुभयो । 

बोको हरामको हिंसाका कारण सन् २००९ देखि हालसम्म कम्तीमा २० हजार नागरिकको ज्यान गइसकेको छ । यो नागरिक हत्याको क्रम प्रतिदिन बढ्दो रुपमा रहेको अधिकारीहरुको भनाई छ । 

उनीहरुको हिंसाका कारण यहाँका करिब २६ लाख नागरिक घरबारबिहीन भएका छन् । त्यसैगरी अरु लाखौँ नागरिकले आफ्नो घरबास नै छाडेर आन्तरिक तथा बाह्य रुपमा नै शरणार्थीका रुपमा बाँच्नु परिरहेको छ । 

चाड, नाइजर र क्यामरुनमा सक्रिय यस चरमपन्थी समूहले सन् २०१५ मा इस्लामिक स्टेट लडाकू समूहसँग सहकार्य गरेको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन