2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्लाको होटल व्यवसायमा थपियो बेन्जु

banjuपर्वत, पर्वतले पर्यटकीय क्षेत्रको नामबाट चर्चा बटुल्दै गर्दा जिल्लामा एक आधुनिक र सुविधा सम्पन्न होटल थपिएको छ । जिल्लाको सदरमुकाम कुश्मामा नयाँ वर्षको शुभारम्भसँगै संचालनमा आउने होटल हो बेन्जु प्रालि. । पर्वत झोलुङगे पुलको जिल्ला भनी चिनिदैछ । आन्तरिक र बाह्य पर्यटकको आगमन तीव्र बन्दै जाँदा व्यवस्थित र आरामदायी होटलको खाँचो जिल्लामा देखा पर्दै गरेको थियो ।

पर्यटकलाई बढी भन्दा बढी सेवा र सन्तुष्टि दिने उद्देश्यले बेन्जुको भौतिक संरचना निर्माण र अन्य सेवासुविधाको व्यवस्था गरिएको संचालकको भनाई छ । संचालक विषम कुमार श्रेष्ठ भन्छन्– ‘होटलबाट तत्कालको लाभ नहेरी पर्यटकको सेवासुविधालाई प्राथमिकतामा राखिएको छ । जिल्लाको पर्यटन प्रवद्र्धनमा सानो भएपनि टेवा पुगोस् भन्ने मेरा चाहना हो ।’ नव वर्षको अवसर पारी संचालनमा ल्याउन थालिएको होटलको लागत ठुलो छ । होटल निर्माण गरेर संचालनमा आउदासम्मको कुल खर्च ९ करोड रहेको संचालक श्रेष्ठले बताए । उनका अनुसार भवनको संरचना निर्माणमा ३ करोड खर्चिएको छ भने होटलले ओगटेको जग्गाको मूल्य ६ करोड मूल्यांन गरिएको हो ।

होटलले करीव दुई रोपनी जग्गा ओगटेको बताईएको छ । पर्यटकको आरामदायी बसाईका लागि भनी २६ एट्याच बाथरुप सहितका कोठा, ६ वटा एसी जडान गरिएको छ । सुन्दर र आकर्षक कोठाहरुमा एक रात विताए वापत पाहुनाहरुले १ हजार देखि १५ सयसम्म खर्चिनुपर्ने प्रालीका संचालक श्रेष्ठले जानकारी दिए । होटलको साजसज्जा उत्कृष्ट छ भने होटल अगाडिको भागमा पार्किङको सुविधा छ भने दुई वटा ५० जना रहन सक्ने मिटिङ हल र २ सय ५० जनासम्म बसेर कार्यक्रम संचालन गर्न सकिने सेमिनार तथा पार्टी प्यालेस हुनु अर्को सुविधा हो । सदरमुकाम बजार क्षेत्रमा होटल अवस्थित भएपनि बाटोदेखि केही भित्र हुनाले पाहुनाहरुले शान्त वातावरण पाउन सक्नेछन् ।

होटलको सेवासुविधाका बारेमा केही भन्नु पर्दा संचालक श्रेष्ठ भन्छन् –‘पर्वत पर्यटकीय गन्तव्य स्थानका रुपमा स्थापित हुदै गएका बेलामा यहाँ उत्कृष्ट होटल सेवाको कमीका कारण जिल्लामा भित्रिने पर्यटकहरु बाग्लुङ वा पोखरा बस्नको लागि फर्किनुपर्ने बाध्यताको अन्त्य होस् भन्ने मेरो पहिलो चाहना हो । पाहुनाको खुशी र सुखका लागि मैले मिहिनेत गर्नमा कुनै कसर बाँकी राखे जस्तो लाग्दैन ।’

जिल्लामा होटलहरु धेरै भएता पनि पर्यटकहरुको रोजाईको हुन नसकेका कारण आफुले बेन्जु प्रालिको संचालन गर्न लागेको र पर्यटकको रोजाईको होटल बन्नेमा आफ्ु विश्वस्त रहेको उनले दावी समेत गरे । होटल संचालनमा आएपछि जिल्लामा भएका तीन अग्ला पुल तथा गुफाको अबलोकन, बाग्लुङको कालिका मन्दिर र म्याग्दीको गलेश्वरसम्मको एउटा विशेष खालको पर्यटकको लागि “वान डे” प्याकेजको व्यवस्था समेत गरिने श्रेष्ठको भनाई छ । आधुनिक होटलले पुराउन सक्ने सवैखाले सेवा आफ्ना पाहुनाहरुलाई उपलव्ध गराउने लक्ष्य राखेको होटल बेन्जुले फ्रि वाईफाई लगायतको संचारसेवा समेत दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई