2026-08-30 04:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आचार्य हत्या प्रकरण: अनुसन्धानमा ढिलासुस्ती

चैत्र २६, सुर्खेत । वीरेन्द्रनगर–१ निवासी व्यापारी चन्द्रप्रसाद आचार्यको हत्या भएको मंगलबार ३९ दिन पुग्यो । प्रभावकारी अनुसन्धान गरिरहेको बताउँदै आएको प्रहरीले लामो समय वित्दा समेत परिवारलाई न्यायको अनुभूति गराउँन सकेको छैन् । यतिसम्मकी प्रहरीले आचार्यको हत्या भएको स्वीकार गरेपनि घटनामा संलग्न कसैलाई पक्राउ समेत गर्न सकेको छैन् ।

वीरेन्द्रनगर नगरपालिका–१ स्थायी घर भएका आचार्यको गत फागुन १८ गते वीरेन्द्रनगर–६ बुद्धपथ नजिकै रक्ताम्य अवस्थामा शव फेला परेको थियो । आचार्यको हत्यामा संलग्नलाई कारवाही गर्ने आश्वासन प्रहरीले दिएपनि प्रभावकारी अनुसन्धानमा चासो नदिएको दुखेसो परिवारको छ । ‘बुवाको स्वभाविक मृत्यु नभई हत्या भएको हो’ आचार्यकी छोरी संगीताले भनिन्, ‘लामो समयवित्दा पनि प्रहरीले हल्का रुपमा घटना लिँदा परिवार सदस्य थप पीडित बनेका छौं ।’ वीरेन्द्रनगरको जुम्ला रोडमा चिया नास्ता पसल सञ्चालन गर्दै आएका आचार्य फागुन १८ गते बैंकमा खाता खोल्नु छ भन्दै दिउँसो घरबाट निस्केका थिए । दिनभर नास्ता पसलमै बसेका आचार्यको शव त्यहीँ दिन राती १०ः३० बजे वुद्धपथमा प्रहरीले शव फेला पारेको थियो । ‘घटना किन, कसरी र कसले घटायो भन्ने विषयमा एक महिना वित्यो प्रहरीले अनुसन्धान गरिरहेका छौं भन्दै आलटाल गरिरहेको छ’ संगीता भन्छिन्, ‘घटनाको वास्तविकता नखुल्नुमा अपराधमा संलग्न व्यक्तिले योजनावद्ध तरिकाले हत्या गरी कानुनभन्दा माथिको हैसियत राखी प्रशासन र पीडित परिवार समक्ष घटना गुमनाम गर्न खोजिएको हाम्रो ठम्याई छ ।’ बुवाको शरिरमा गहिरो चोट भएपनि शव भेटिएको ठाउँमा रगत नदेखिएकाले नियोजित रुपमा हत्या गरेर पछि बाहिर ल्याएको हुनसक्ने दावी संगीताको छ ।

‘भाइको टाउकाको दुइ भागमा गहिरो चोट र दायाँ भागमा निल डम थियो’ आचार्यका दाजु भवानीप्रसादले भने, ‘भाइको हत्या नै भएको हो, न्यायको अनुभूति दिलादिइन प्रहरी समक्ष माग गर्दा पनि टालटुल प्रवृत्तिले शंका बढाएको छ ।’ पोष्टमार्टम रिपोर्टमा आचार्यको करङ समेत भाँचिएको रिपोर्ट आएको परिवारले जानकारी दिएका छन् । प्रहरीले घटनास्थलमा भेटिएका केही प्रमाण ल्याव टेष्टका लागि काठमाडौं पठाएको छ । तर रिपोर्ट आइसकेपनि नआएको जानकारी दिने गरेको परिवारको गुनासो छ । प्रहरीले घटनाबारे पीडित समक्ष फरक–फरक विवरण बताउँदै आएको छ’ भवनानीले भने, ‘घटना भएकै दिन प्रहरीले गम्भीरतापूर्व लिएन् भोलिपल्ट मात्रै हल्का रुपमा छानविन शुरु गरेजस्तो मात्रै ग¥यो ।’ चन्द्रप्रसादको कुनैपनि व्यक्तिसंग लेनदेन, झै–झगडा र मनमुटाव नभएको परिवार स्रोतले जानकारी दिएको छ ।

सुक्ष्म रुपमा अनुसन्धान थालेका छौं ः प्रवक्ता क्षेत्री

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले परिवारले प्रहरी माथि लगाएको आरोप गलत भएको बताएका छन् । परिवार र प्रहरीसंग हत्या भएका ठोस आधारहरु नभएपछि शुन्यबाट घटना अनुसन्धान अघि बढाएको क्षेत्रीले जानकारी दिए । ‘परिवारलाई न्यायको अनुभूति दिन घटनालाई गम्भीर रुपमा लिएका छौं’ क्षेत्रीले भने, ‘अनुसन्धानकै क्रममा २० भन्दा बढीलाई प्रहरीले सोधपुछ गरिसकेको छ । मंगलबार पनि दुई जनालाई नियन्त्रणमा लिएका छौं ।’ अनुसन्धान गर्ने वित्तिकै रिजल्ट नआउने भन्दै प्रवक्ता क्षेत्रीले घटनालाई सिआईवीले समेत अनुसन्धान शुरु गरेको जानकारी छ । ‘कतिपय रिपार्ट हामी समक्ष आइसकेका छन् । केही रिपार्ट सिआइवीले छानविन गरिरहेको छ ।’ क्षेत्रीले भने, ‘चाडै नै अपराधीलाई कानुनी कठघरामा ल्याउन अनुसन्धान पक्षलाई प्रभावकारी बनाइरहेका छौं ।’   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने