2026-06-30 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

योजना अनुसार काम गर

सर्वसाधारण लोडसेडिङले मारमा परिरहेका बेला उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आगामी वर्ष विद्युत् भार कटौती (लोडसेडिङ) आधारभूत रूपमा घट्ने र ०७४ देखि पूर्णरूपमा अन्त्य हुने बताएका छन् । लोडसेडिङ अन्त्यका लागि आवश्यक पूर्वाधार तयार भइरहेकाले आगामी वर्षदेखि ऊर्जा क्षेत्रमा सकारात्मक प्रभाव देखिने उनको भनाई  छ । आगामी वर्ष ५  घण्टा हाराहारी लोडसेडिङहुने र त्यसपछिका दिनहरुमा लोडसेडिङ नहुने उनको त्यो बोलीमा नेपाली जनताले राहतको महशुस गरेका छन् तर सो अनुसारको नीति कार्यन्वयनमा आउँछ वा आउँदैन त्यो भने प्रतिक्षाको विषयनै हो ।

नेपालको अस्थीर राजनीतिका कारण कसको कुन बेलामा सरसकार बन्छ त्यसको एकिन हुदैन । सरकार अनुसारका योजना र कार्य दिशा हुने भएका कारण र सहमतिय सरकारको चर्चा चलिरहेको बेलामा यो योजनालाई त्यसले प्रभाव पार्छ वा पादैन त्यो भने भविष्यलेनै बताउँला । माघ र फागुनमा पाँच घण्टा लोडसेडिङ हुने र वर्षातमा लोडसेडिङ हट्ने र केही वर्षपछि नेपाल ऊर्जा उत्पादन बढाएर लोडसेडिङ अन्त्यका अतिरिक्त निकासी गर्ने सामर्थ्यमा पुग्ने दाबी छ । सरकारले ऊर्जा संकट    निवारण तथा १० वर्षे विद्युत् विकास अवधारणा कार्यान्वयनमा ल्याइसकेको छ।

ऊर्जा समस्या समाधान गर्न केही वर्ष भारतमा निर्भर रहनुपर्ने अवस्था देखिन्छ । भारतको भर पर्दा नेपाली जनाले अहिले भोकेको जस्तो फेरि विद्युत आपूत्तिमा पनि यस्तै नहोला भन्न भने सकिदैन । यदि भारतकै भरमा देशलाई लोडसेडिङ मुक्त देश बनाउने सपना हो भने यसमा भने नेपाली  शशंकित हुनेछन् । सरकारले देशमा भएका खोलानालाबाट वा अन्य कुनै माध्यम र प्रविधिबाट विद्युत उत्पादन गर्ने नयाँ नीति बनाउने र विद्युत उत्पादनमा स्थानीय नागरीकको पनि सहभागीता गराउने हो भने नेपालले नेपाललाई मात्रै लोडसेडिङमुक्त हैन दक्षिण एसियालाई पनि उज्यालोमा राख्न सक्नेछ । त्यसका लागि सरकारले तिब्र रुपमा काम गर्ने र जनसहभागीमुखी नीति बनाउने हो भने सम्भव पनि छ । आगामी वर्ष सरकारले भारतबाट ५ सय ८० मेगावाट बिजुली आयात गर्ने योजना बनाएको छ ।

   सीमा क्षेत्रका विभिन्न प्रसारणलाइनबाट ३ सय मेगावाट बिजुली आयात भइरहेको छ । आगामी वर्ष प्रसारणलाइन संरचनाको क्षमता बढाएर थप २ सय ८० मेगावाट बिजुली आयात गर्ने तयारी ऊर्जा मन्त्रालयको छ । आगामी वर्ष जलविद्युत्लगायत अन्य वैकल्पिक ऊर्जाबाट गरी आन्तरिक स्रोतबाट १ हजार ६७ मेगावाट उत्पादन गर्ने र ५सय ८० मेगावाट भारतबाट आयात गर्दा कुल आपूर्ति १ हजार ५ सय ६७ मेगावाट पुग्नेछ । यस्तै, माग १ हजार ४ सय २३ मेगावाट पुग्ने अनुमान गरिएको छ । यस्तै, ०७४ मा विद्युत्को माग बढेर १ हजार ५ सय ५० मेगावाट पुग्ने प्रक्षेपण ऊर्जाको छ । भारतबाट ९३० मेगावाटसम्म बिजुली आयात गरेर सुख्खायाममा हुने लोडसेडिङ पनि अन्त्य हुने अनुमान गरिएको छ ।। यो अनुमानलाई कार्य रुपमा पुरा गर्न र जनतालाई उज्यालो दिई गरिखान पाउने अवसर दिन सरकारले बनाएको योजना अनुसार काम गरोस् र नेपाली जनतालाई चर्को लोडसेडिङको मारबाट मुक्त गरोस्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ