2026-07-01 02:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

समाचार प्रभाव –आखिर अभियानको ध्यान गुफामा पुग्यो

gupteshor gufaपर्वत, सफा कुश्मा अभियानको १९ औं हप्ता पार गर्दा सम्म जिल्लाको कुश्मा बजार क्षेत्रमा मात्रै केन्द्रित बनेको अभियानले अन्ततः जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रमा समेत ध्यान दिएको छ ।

२० औं हप्ताको अबसरमा मंगलबार गुप्तेश्वर गुफा परिसरको फोहोर व्यवस्थापन गर्नको लागि अभियान र अभियानकर्ता गुप्तेश्वर गुफामा पुगेका हुन् । पटक पटक साझा सबाल अनलाइन मा जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रका दुरदर्शाको बारेका समाचार र सम्पादकीय प्रकाशन भएपछि मात्र अभियनताको नजरमा उक्त क्षेत्रप्रति ध्यान  पुगेको हो ।

पौराणिक तथा धार्मिक महत्व बोकेको गुप्तेश्वर गुफामा पर्यटक तथा भक्तजनको भिड बढेसँगै त्यस क्षेत्रमा बढेको फोहोर र त्यसले पारेको असरबारे समाचार प्रसारण भएपछि मात्र सफा कुश्मा अभियान संचालन गरेका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललको नेतृत्वको टोली मंगलमबार त्यस क्षेत्रमा पु्गेको हो । बारम्बार गुप्तेश्वर गुफामा जाने तर गुफाको फोहोरको बारेमा बेवास्था गर्ने संस्थाका पदाधिकारी तथा अभियान्तको नजरबाहिर रहेको गुफामा बढेको फोहोर र त्यसले पारेको असरको बारेमा समाचार संप्रेषण गरेपछि अभियानको अबसरमा मंगलबार उक्त क्षेत्रको फोहोर व्यवस्थापन गरिएको हो ।

gufafohar

गुप्तेश्वर गुफा परिसरको फोहो उठाउँदै प्रजिअ झंकनाथ ढकाल

आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य स्थलको रुपमा रहेको गुप्तेश्बर गुफामा पर्यटकको आगमनमा बृद्धि गराउने उदेश्यका साथ गुफा बरपर सरसफाई गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेको उक्त क्षेत्रमा फोहोर व्यवस्थापन हुन नसक्दा त्यसले परेको नकरात्मक प्रभावको अन्त्य गर्नको लागि समेत गुफा परिसरको फोहोर व्यवस्थापन गर्नको लागि पुगिएको प्रजिअ ढकालको भनाई थियो ।

गुफापरिसरबाट एक ट्याक्टर फोहोर

धार्मिकत तथा पर्यटकीय क्षेत्रको रुपमा चिनिएको गुप्तेश्वर गुफा परिसरबाट मंगलबाट एक ट्याक्टर फोहोर निकालीएको छ । मंगलबार सफा कुश्मा अभियानको २० औं हप्ताको अबसरमा गरिएको गुप्तेश्वर गुफा परिसरको फोहोर व्यवस्थापनका क्रममा एक ट्याक्टर फोहोर निस्कीएको हो । उक्त सरसफाई अभियानमा सरकारीकार्यालयका निजामति कर्मचारी, उद्योगी ब्यापारी, बिभिन्न संघसंस्थाको सहभागीता थियो । प्रजिअ ढकालको अगुवाइमा भएको उक्त कार्यक्रमबाट गुफाको मुहार केहि हदसम्मको लागि सफा भएको छ ।

मोदी र कालीगण्डीको बेदना कहिले सुन्ने ?

जिल्लाको कुश्मा बजारबाट निस्कीएको फोहोर मोदी र कालीगण्डकी नदीमा फालिदै आएको छ । जसका कारण धार्मिक तथा पर्यटकीय रुपमा चिनिने उक्त दुई नदी कुरुप र प्रदुषित हुदै गएको छ । बजार क्षेत्रको फोहोर व्यवस्थापनमा शुरु गरिएको अभियानले गुफाको फोहोर व्यवस्थापन गर्नको लागि त आँखा लग्यो अब यी दुई नदीको दुरदर्शा अन्त्य गर्नको लागि कहिले नजर पुर्याउला  ? यो भने प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो