Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जुम्लामा विद्यालयलाई नेपाली सेनाको शौचालय उपहार

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत्र २७, जुम्ला | जिल्लाको गुठिचौर गाँउपालिका—४ स्थीत सत्यबादी माध्यामिक विद्यालय दशौदीलाई नेपाली सेवाले शौचालय उपहार दिएको छ । अपांगमैत्रि र बालमैत्रि दृष्टिकोणले यो सौचालय गाँउपालिकाकै नमुना शौचालय हो ।

भगवतीदल गण जुम्लाको आन्तरीक सहयोगमा विद्यालय प्रांगणमा निर्माण सम्पन्न उक्त दुई कोठे शौचालयको मंगलबार चावी हस्तान्त्रण तथा उद्घाटन समेत गरीएको छ । आफुलाई शौचालय उपहार दिएकोमा खुसी ब्यक्त गर्दै विद्यालयले भगवतीदल गणलाई सम्मान गरेको छ । नव निर्मित छात्र, छात्रा शौचालयमा हिलट्यांकी सहित खानेपानी धाराको ब्यवस्था छ । भने सेनाकै सहयोगमा दुई कोठे पुरानो सौचालय समेत मर्मत गरी जस्तापाता फेरीएको छ । सौचालय बनाउँदा काठ्, ढुंगा, गिट्टी, बालुवा, सिमेन्ट, टायल लगाएत सबै सामाग्री तथा ज्यामीहरु गणले आफै ब्यवस्थापन गरेको हो । विद्यालयको तर्फबाट सौचालय निर्माणमा कुनै पनि खर्च गरीएको छैन ।

भगवतीदलका गणपति तथा प्रमुख सेनानी मदन जंग कार्कीले सौचालयको चावी हस्तान्त्रण गर्दै सेनाले दिएको उपहारलाई दिगो संरक्षण गर्न विद्यालयलाई अनुरोध गरे । उनका अनुसार सेनाले जनहित कार्य अन्र्तगत विद्यालयलाई शौचालय बनाई दिएको हो । गत मंसिरदेखि शुरु भएको काम पुस, माघको भारी बर्षा र हिमपातले समेत प्रभावीत बन्यो । तर सेनाले चिसो र हिउँ पानी नभनी शौचालय निर्माण गरेरै छाडे । ‘भएको सौचालय पनि जिर्ण बन्दै गएपछि विद्यार्थी सौच गर्न नदिको छेउछाउ पुग्थ्ये, त्यँहा विद्यार्थी लड्ने, नदिमा बग्ने डर हुन्थ्यो’ प्रधानाध्यापक गोवीन्द बहादुर पँछाईले भने, ‘तर सेनाले सुविधायुक्त सौचालय बनाईदिएपछि साना बालबालिकादेखि महिनावारी हुने छात्राहरुलाई समेत निकै सहज भएको छ ।’ साथै उनले विद्यालयमा भौतिक संरचना तथा घेरावारको समस्या रहेको दर्शाए ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष राजबहादुर अधिकारीले भने, ‘द्धोन्द्धको पिडाले अहिले पनि सेनाको बर्दी देख्दैमा डराउने कतिपय स्थानिय छन्, तर यतिबेला सेनाले सामाजिक कार्य गरेर उनिहरुसँग पनि राष्ट र समस्या परेकोलाई सेवा गर्नुपर्छ भन्ने भावना हुन्छ भनेर स्थानियलाई प्रमाणित गर्ने अवसर पायो ।’ गुठिचौर गाँउपालिका अध्यक्ष हरीबहादुर भण्डारीले सौचालय उद्घाटन गर्दै सेनाले गाँउपालिकाले गर्न नसकेको काम गरेको भन्दै धन्यबाद ब्यक्त गरे । ‘पालिकाले यहि काम गर्न परे ८÷१० लाख खर्च हुन्थ्यो, तर सेनाले गरेपछि हाम्रै विकासमा सहयोग पुगेको छ’ उनले भने, ‘सौचालय, खानेपानी तथा भौतिक संरचना अभाव भएका थुप्रै विद्यालय छन्, गाँउपालिकाले विस्तारै समस्या समाधान गर्दै जानेछ ।’