2026-08-29 09:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

बेरोजगार फाराम भर्नेको भीड

चैत २८, खलङ्गा (रासस) | सरकारले बेरोजगारलाई रोजगार बनाउने कार्यक्रमअन्तर्गत जुम्लाका केही स्थानीय तहले फारम भर्ने काम तीव्र गतिमा शुरु गरेका छन् । तातोपानी गाउँपालिकामा एक हजार २०० भन्दा बढी बेरोजगार व्यक्तिले रोजगारी पाऊँ भनी फारम भरेका छन् । 

सरकारले हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरी पहिलो चरणमा इच्छुक बेरोजगार व्यक्तिले रोजगारीका लागि फाराम भरिरहेका छन् । तातोपानीले हरेक वडा कार्यालयमा गई बेरोजगार फाराम भर्ने अभियना तीव्र पारिएको रोजगार संयोजक सरिता शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार बेरोजगारी फारम भर्नेमा बढी साक्षर व्यक्ति आएका छन् । धेरै पढेलेखेका नभई केही मात्रै पढेकाहरुले बढी फारम भर्ने चासो गरेका उहाँले बताउनुभयो । यसैगरी गाउँपालिकाले हरेक वडामा गएर छलफल तथा अन्तत्र्रिmया नै गरेर फाराम भर्न शुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । सो कामका लागि चाँडै कार्यान्वयन गर्न रोजगार संयोजकलाई वडास्तरमै समेत खटाइएको उहाँको भनाइ छ । 

यसैगरी जिल्लाको गुठीचौर गाउँपालिकाले पनि बेरोजगार तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पुर्याएको छ । त्यहाँ ९० प्रतिशत कार्य सकिएको प्रमुख प्रशासकीय अधिकृत केशव शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गुठीचौैरमा दुई हजारभन्दा बढीले बेरोजगार फाराम भरेका छन् । रोजगार संयोजक दीपेन्द्र पौडेल त्यहाँ हाजिर भएर काम शुरु गरिएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो