2026-09-19 09:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दुरुपयोग नगर

पछिल्लो समयमा पर्यटकीय गन्तव्य स्थानका रुपमा प्रख्यात हुदै गएको छ । जिल्लामा रहेका धार्मिक तथा एतिहासिक बस्तु, यहाँको प्रकृतिक सुन्दरता र मनमोहक छाँगा छहरा, धार्मिक महोत्व बोकेका गुफा तथा अनेक प्रकारका सौन्दर्यताले जिल्लामा पछिल्लो समयमा पर्यटकको आगमनमा बृद्धि भैरहेको छ । नेपालकै लामो र अग्ला दुइ पुल, मोदी नदिमाथि बनेको कुश्मा–ज्ञादी र कालीगण्डकी नदीमाथि बनेको बडगाउ“– कैया झोलुङ्गे पुलले पछिल्लो समयमा पर्यटकलाई आकर्षक गरेको छ ।

वडागाउँ–मुडिकुवा जोड्ने अर्को अग्लो पुलको निर्माण कार्य शुरु भएको छ भने पर्यटकको लागि साहसिक खेलका रुपमा चिनिने बल्जीजमको लागि पनि तयारी भैरहेको छ । नजिकै मिनि यान्त्रीक पुल (केवलकार), छेउमै गुप्तेश्वर र अल्पेश्वर गुफा, सहश्रधारा, दुर्लुङको एतिहासिक दरबार तथा कोट, मल्लाजको मल्लाज दरबार, डहरेको लेक, चित्रेको पंचासे, सेतीबेणीको शालिग्राम शिला, कुश्मा मोदीवेणी दिव्यधाम लगाएतका अनुपम र मानिसलाई आकर्षक गर्ने लालीगुरासँ लगाएतका प्रकृतिक मनोरम दृश्य अबलोकलन तथा एसियाकै ठूलो शिला भएको जिल्ला भएता पनि प्रचारप्रसारको अभावका कारण जिल्लाको पर्यटन व्यवसाय कमजोर र दयनीय बनेको      छ ।

जिल्लाको पर्यटन प्रर्वद्धनको लागि तीन बर्षमा १ करोड भन्दा बढी रकम विनियोजन भएको छ तर जिल्लाको पर्यटन प्रर्वद्धनमा कुनै कार्य हुन सकेको छैन । कोठे कार्यक्रम र आफुलाई पर्यटनविद भन्नेहरुले वजेटको दुरुपयोग गरेको खबर बाहिर आएको छ । जसका कारण पनि पर्यटन प्रर्वद्धनको लागि आवश्यक पर्ने भौतीक संरचना तथा पदमार्गको पहिचान हुन सकेको छैन ।

जसका कारण पर्यटकहरु कुन ठाउँमा के छ भन्ने कुराको      बारेमा जानकारी लिन सकेका छैनन् । नजिकै कालीगण्डकी नदी छ गर्मी मौसम शुरु भएसँगै ¥याप्टीङको लागि हजारौ पर्यटन जिल्लामा भित्रिन्छन् तर व्यवस्थीत र पर्यटकको लागि ठाउँठाउँमा बस्ने क्याम्पको व्यवस्था मिलाउन नसक्दा उनीहरु समस्यामा पर्ने गर्छन् यो त एक उदाहरण हो पैदल यात्राको लागि जिल्लामा भित्रिने पर्यटनको लागि पनि छोटो पदमार्गको पहिचान नहुदाँ समस्यामा परेका छन् ।

वर्षेनी लाखौ रकम पर्यटन प्रर्वद्धनको लागि विनियोजन हुन्छ तर काम भने शुन्य जसका कारण पर्यटकको गन्तव्य स्थानका रुपमा पर्वत     परिचित हुन सकेको छैन । सरोकारवाला निकायले पर्यटन प्रर्वद्धनको लागि विनियोजन भएको रकम सहि ठाउँमा प्रयोग गर्ने हो भने जिल्लको पर्यटन  विकास हुने थियो अन्यथा माल पाएर पनि चाल नपाएको पक्का कहलिनेछ । यसतर्फ सवैको ध्यान जानु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई