2026-07-28 03:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धौलागिरीका २१ स्थानबाट थ्रीजी इन्टरनेट

3Gपर्वत, काठमाडौं उपत्यका र केहि ठूलो सहरमा परिक्षण गरिरहेको थ्री जि सेवा नेपाल टेलिकमले धौलागिरीका चार जिल्लामा विस्तार गरेको छ । धवलागिरि अञ्चलमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ’थ्रिजी’ सेवा सुरु भएको हो ।

नेपाल टेलिकमले पुरानो सेवालाई स्तरोन्नति गरी नयाँ प्रविधियुक्त ’थ्रिजी’ इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो। धवलागिरि अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी २१ ठाउँमा ’थ्रिजी’ सेवा सुरु गरिएको नेपाल टेलिकमका पश्चिमाञ्चल क्षेत्रीय निर्देशक सिद्धप्रताप भारतीले जानकारी दिए।  थोरै खर्चमा धेरै र उत्कृष्ठ सेवा उपलब्ध गराउने उदेश्यले यो सेवा टेलिकमले सुचारु गरेको जनाएको छ ।

यसरी सञ्चालनमा ल्याइएका स्थानहरुमध्ये पर्वतको कुस्मा,  बागलुङ जिल्लाको बागलुङ बजार, म्याग्दीको बेनी र मुस्ताङको जोमसोम गरी ४ वटा जिल्ला सदरमुकामहरु, पर्वतको पातीचौर र दुर्लुङ्ग , बाग्लुङको बिहुँकोट, दहपानी, थाना, हटिया, हरिचौर, भैरवस्थान, बुर्तिबाङ, अर्गल, म्याग्दीको पुलाचौर तथा मुस्ताङ जिल्लाको कैसाङ, क्याम्प लगायतका गाविसहरुमा थ्री जी मोबाइल सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीको यो सेवा मार्फत उपभोक्तालाई भ्वाइस सेवाको अतिरिक्त भ्वाइस भिडियो च्याट हाइ स्पीड इन्टरनेट सर्फिङ तथा १४ एमबीपीएससम्मको डाटा डाउनलोडका साथै ५.७ एमबीपीएस सम्मको डाटा अपलोड गर्ने सुविधा उपलब्ध हुनेछ । यसबाट कम्पनीको सेवाका उपभोक्ताहरु थप लाभान्वित हुने अपेक्षा कम्पनीको छ ।

आगामी आवमा धौलागिरीका थप ५० स्थानबाट थ्रिजी सेवा विस्तार गर्ने लक्ष्य लिएको टेलिकमले जनाएको छ । हाल धौलागिरी क्षेत्रमा रहेका ८५ जिएसएम विटियसलाई बढाएर आगामी आवमा १ सय २० पु¥याउने टेलिकमले लक्ष्य राखेको छ । काठमाडौं उपत्यका लगायत सहरी र अन्य क्षेत्रमा सञ्चालनमा रहेको थ्री जी सेवालाई सुदृढ तथा विस्तार गर्ने कम्पनीको योजना अनुसार हाल उपत्यका बाहिरका सहरी तथा ग्रामीण क्षेत्रका बिभिन्न स्थानहरुमा क्रमिकरुपले सेवा विस्तार गर्दै लगिएको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा