2026-07-24 08:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ठेकदारको लापरवाहीले स्वास्थ्यचौकीको भवन हस्तान्तरणमा ढिलाई

malaj hospitalपर्वत, भवन निर्माणको जिम्मेवारी लिएका ठेक्दारको लापरवाहीका कारण स्वास्थ्यचौकीको भवन हस्तान्तरणमा ढिलाई भएको छ । उत्तरी पर्वतको मल्लाजस्थित माझफाँटमा ठेक्का प्रणालीमार्फत निर्माणाधीन अवस्थामा रहेको मल्लाज स्वास्थ्यचौकीको भवन निर्माण र हस्तान्तरणमा ढिलाई भएको हो । शहरी विकास आवास तथा भवन निर्माण डिभिजन कार्यालय पोखराको आर्थिक सहयोगमा ३ वर्षअघि निर्माण शुरु गरिएको उक्त भवनको निर्माणकार्यले पूर्णता पाउन नसकेको मल्लाज स्वास्थ्यचौकीले जनाएको छ । टेण्डर आह्वान गरी ठेक्का प्रणालीमार्फत बनाउन शुरु गरिएको भवन हालसम्म सम्पन्न हुन नसकेका हो।

निर्माण शुरु गरेको डेढ वर्ष्भित्रै काम सकेर समुदायलाई हस्तान्तरण गर्नेगरी कास्कीका ठेकदार ठाकुर बरालले ठेक्का लिएपनि हालसम्म भवनको निर्माणकार्य नसकेको स्वास्थ्यचौकीका इन्चार्ज गोरे नेपालीले बताए । ठेकदारकै लापरवाहीका कारण झण्डै तीनवर्ष बितिसक्दा समेत भवन निर्माणले पूर्णता नपाएको उनले बताएका छन् । कुल १ करोड २५ लाखको लागतमा शौचालय र खानेपानीको व्यवस्थासहित निर्माणको जिम्मेवारी ठेकदारले लिएपनि अहिलेसम्म पुरा हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । मल्लाज स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर अधिकारीका अनुसार ठेकदारलाई पटकपटक फोन सम्पर्क गर्दा फोन नउठाएको बताए । उनले ठेकदारले भवन निर्माणको ८० प्रतिशत कामसम्पन्न गरेकाले सबै भूक्तानी पाउनुपर्छ भनेर आलटाल गरिरहेको बताएका छन् ।

सभाहल र प्रतिक्षालयसहित १४ ओटा कोठा क्षमताको भवनले पूर्णता नपाउँदा हाल जिर्ण अवस्थामा रहेको पुरानै भवनबाट सर्वसाधारलाई सेवा दिन बाध्य हुनुपरेको अध्यक्ष अधिकारीको भनाई छ । ठेकदारले पुरानो शौचालय भत्काएर नयाँ बनाउन शुरु गरेपनि त्यसले समेत पूर्णता नपाउँदा थप समस्या भएको छ । हाल उक्त स्वास्थ्यचौकीमा मल्लाजसहित बाँसखर्क, लेखफाँट, सालिजालगायतका गाविसबाट दैनिक ६० जनाबढी बिरामीहरु आउने गरेका छन् । उक्त स्वास्थ्यचौकीमा २४ घण्टे प्रसुती सेवा समेत सञ्चालन गरिएको छ भने मौसमी रोगका धेरै बिरामीहरु आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक