2026-07-25 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्वास्थ्यका लागी दुध बढि फाईदाजनक कि दही ?

dudhदही–दूधलाई फर्मेन्टेसन गरी बनाइन्छ । यो क्रियालाई दूध सुरक्षित राख्ने एक विधिको रुपमा पनि लिन सकिन्छ । किनकि दहीलाई केही दिनसम्म चिसोमा सुरक्षित राख्न सकिन्छ भने दूधलाई यसरी राख्दा बिग्रन्छ । दही बनाउने समयमा दूधमा प्रयोग गरिने जोडनको माध्यमबाट ल्याक्टोब्यासिल जीवाणु सक्रिय भई दूधमा रहेको ल्याक्टोज चिनीलाई ल्याक्टिक एसिडमा परिणत गर्छ, फलस्वरुप दही बन्छ । यसलाई प्रोबायोटिक कल्चर पनि भनिन्छ ।

दहीको पौष्टिक गुण बाहेक केही स्वास्थ्य समस्या निदान गर्न समेत मद्दत पु¥याउने भएकाले यसलाई फङ्सनल फूडको रुपमा पनि लिइएको छ । दहीमा पाइने ल्याक्टोब्यासिल जीवाणुले शरीरभित्र अन्य हानिकारक जीवाणुहरुको वृद्धि हुन दिंदैन । विशोष अमोबिक डिसेप्ट्रीका जीवाणुको वृद्धिलाई रोक्छ । पेट गडबडी हुँदा अर्थात पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम गर्छ । फर्मेन्टेसन क्रियाबाट दही बन्ने भएकोले दूधभन्दा पचाउन पनि सजिलो हुन्छ ।

एन्टिबायोटिक औषधिको सेवनबाट पाचनक्रियामा भएको गडबडीलाई दहीले ठीक राख्न मद्दत गर्छ । यस्तो औषधिले शरीरमा भएका राम्रा तथा नराम्रा दुवै किसिमका जीवाणु नष्ट गर्ने भएकोले पाचनक्रियामा समेत असर पार्छ । यस्तो स्थितिमा घरमै बनाएको अमिलो नभएको दही खानाले नराम्रा जीवाणुको वृद्धि लाई रोकी पाचन अंगलाई पुनः साधारण अवस्थामा ल्याउन मद्दत गर्छ ।

यसैगरी महिलाहरुमा विशेषतः गर्भवती, मधुमेह तथा एन्टिबायोटिक औषधि सेवन गरेको अवस्थामा देखा पर्ने एक प्रकारको योनिको संक्रमण (योनि चिलाउने तथा बाक्लो तरल पदार्थ बग्ने) लाई हटाउन दैनिक भोजनमा प्रशस्त मात्रामा दहीको समावेश गर्न आवस्यक भएको कुरा विभिन्न अध्ययनले देखाएको छ । दैनिक भोजनामा दही समावेश गर्न सकेमा यस प्रकारको संक्रमण तीन गुणाले कम हुनेछ ।

तुलनात्मकरुपमा हेर्ने हो भने दूध  र दूधबाट बनेका अन्य खाद्यपदार्थहरुमा भन्दा दहीमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइन्छ । १०० ग्राम दहीमा प्रोटिन ३ दशमवल १ ग्राम, चिल्लो ४० ग्राम, क्यालोरी ६० र क्याल्सियम १४९ मि.ग्रा. पाइन्छ । हुन त दूधबाट दही बनाउने भएकाले साधारणतया दुवै खाद्यपदार्थको पौष्टिक गुुण समान भए पनि दहीमा क्याल्सियमको मात्रा, शोषण हुने प्रक्रिया दूधको भन्दा केही फरक छ ।

नेसनल इन्स्टिच्युट अफ न्युट्रेसन इन हैदराबादले गरेको अध्ययन अनुसार एक कप अर्थात २५० मि.ग्रा.दहीबाट ३७० मि.ग्रा. क्याल्सियम पाइन्छ भने एक कप दूधबाट ३०० मि.ग्रा. मात्र क्याल्सियम पाइन्छ । यसरी एक कप दहीबाट एक वयष्कको क्याल्सियमको आवस्यकता ३०–४० प्रतिशत पूर्ति हुन्छ । यसैगरी प्रोटिन ८ ग्राम प्राप्त हुन्छ । यी बाहेक दही भिटामिन बी, फोस्फोरस तथा पोटासियमको पनि राम्रो स्रोत मानिन्छ । एक कप दहीबाट २५० मि.ग्रा. पोटासियम पाइन्छ, जुन एक पाकेको केराबाट पाउने बराबरको हुन्छ । दूधमा भएको क्याल्सियम भन्दा दहीमा भएको क्याल्सियमको शोषण तथा उपयोग छिटो हुन्छ ।

शरीरमा क्याल्सियम शोषणको लागि एसिडको आवश्यक पर्छ, जुन एसिडको दही भएका जीवाणुहरुले पैदा गर्छन् अर्थात दूधबाट दही बन्ने क्रममा यी जीवाणुले ल्याक्टोज चिनीलाई ल्याक्टिक एसिडमा परिणत गर्ने काम गर्छन् । यसैगरी प्रोटिन तथा लौहतत्वको शोषणमा पनि ल्याक्टिक एसिडले मद्दत पु¥याउँछ । यस प्रकार शरीरमा दहीमा भएको क्याल्सियम राम्ररी शोषण तथा सदुपयोग हुने भएकाले अस्टोपोरोसिस भएका वयष्क महिलाको दैनिक भोजनमा आवश्यक मात्रामा दही समावेश गर्दा क्याल्सियमको औषधिले भन्दा बढी फाइदा भएको पाइएको छ । दूधमा भन्दा दहीमा पानीको मात्रा कम हुनाले स्वाभाविकरुपमा यसमा पौष्टिक तत्व बढी हुन्छ तर क्यालोरीको परिमाण भने दूधमा भन्दा दहीमा कम हुन्छ । अझ तर निकाली दही बनाएको छ भने क्यालोरीको मात्रा ज्यादै कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक