2026-09-19 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-नियमको पालना गर

भनिन्छ कानून भन्दा माथि कोहि छैन चाहे त्यो राजा होस् चाहे त्यो प्रजा नै किन नहोस् कानूनको नजरमा सवै समान र उत्तीकै महोत्वका छन् । कानून विपरीत काम गर्ने कसैलाई पनि छाडिनु पनि हुदैन । जसका लागि सरोकारवाला निकायको विशेष ध्यान जानु आवश्यक छ । जिल्लामा पछिल्लो समयमा कालीगण्डकी नदीको अस्मीतानै लुटेर क्रसर व्यवसायीले कालीगण्डकीमाथि चरम शोषण गरेको सार्वजानिक भएको छ जसमा नागरिक समाज देखि लिएर यहाँका सवै सरोकारवाला निकाय सहमत भएका छन् ।

नदीबाट बालुवा गिटी वा अन्य निर्माणको लागि आवश्यक पर्ने सामाग्री निकाल्नको लागि स्थानिय निकायले अनुमति पनि दिएको छ तर अनुमतिमा  नियम बमोजिम भनिएको छ तर क्रसर व्यवसायी र सम्बन्धीत निकायका ठूलो कर्मचारीविच भएको गोप्प सहमतिलाई भनिएको हो वा कानूनमा उल्लेख भएको कुरालाई भन्न खोजिएको त्यसमा भने दुइ   धार देखिएको छ । जसका कारण पनि क्रसर व्यवसायी नदीलाई रातदिन सवारी साधनको प्रयोग गरेर पटकपटक बलत्कार गरिरहेका छन् । सरोकारवाला निकायका ठूलो ओधाका कर्मचारी र क्रसर व्यवसायीविचको मिलेमतोमा नदीको अस्मीता लुटेर अमिर बन्ने र आफ्नो सपना पुरा गर्ने खेल त भएको छैन भन्ने पनि कतिपयले आँकलन गरेका छन् ।

निर्माण सामाग्रीको लागि नदीबाट बालुवा तथा अन्य निर्माण कार्यका लागि प्रयोग हुने सामाग्री निकाल्नको लागि रोक्नु पनि हुदैन र क्रसर व्यवसायीले नियमलाई पनि उल्लघन गर्नु हुदैन । कानून विपरीत कार्य गर्नेलाई  पैसाको भरमा छोड्नुपनि हुदैन । कानून बमोजिम कारर्वाहीको      दायरामा ल्याउनुपर्छ । सय अपराधी छुटोस तर एक सज्जन व्यक्ति कारवाहीको दायरामा नपरोस् त्यसमा हामीले विशेष ध्यान दिनु आवश्यक छ । जिल्लाका क्रसर व्यवसायीले क्रसर उद्योग चलाउने नाउमा राजनीतिकरण गरी आफ्नो रवैया देखाएका हुन र स्थानिय निकायको पनि त्यसमा कुनै संलग्नता छ की भन्ने पनि आम सर्वधारणमा भएको छ किनकी पैसा दिने अनि कानून बमोजिम कारर्वाही गरेको भनी छोडिदिने गरेका कारण पनि यस्तो प्रश्न उब्जेको हो ।

कानूनको दायरामा ल्याउने निकायनै मौन बस्ने गरेका पनि यस्तो देखिएको हो । पटक पटक क्रसर रातरात नदीको दोहन गरेको भेटिन्छ तर सरोकारवाला निकाय धरौटीमा छोड्छ । सवैलाई कानुनले समान बनाएको छ त्यसकारण कसैले पनि कानून विपरीत कार्य गर्नु हुदैन र गरेको भेटिएमा कार्वाहीको दायरामा ल्याउनु पर्छ । त्यसकारण सत्यतथ्य के हो बाहिर ल्याउनुपर्छ र गलत गर्नेलाई कठघारामा उभाउनु्पर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई