2026-07-01 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लुङ्गखुमा आइतबार देखि एम्बुलेन्स सेवा शुभारम्भ

ambulanbceपर्वत, लुङ्गखु ।नेपाल सरकारद्धारा प्राथमिक स्वास्थ्य केन्द्र लुङ्गखु पर्वतलाई उपलब्ध एम्बुलेन्सको आजदेखि  एक समारोहका विच शुभारम्भ गरिएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७२ ÷७३ को बजेट अन्र्तगत सो एम्बुलेन्स प्राप्त भएको हो ।

एम्बुलेन्स सञ्चालन पश्चात लुङ्गखु, पाखापानी, बालाकोट, फलामखानी, भोक्सिङ्ग र कुर्घा लगायतका ९ गाविसका जनताहरुको स्वास्थ सेवामा पहुँच अभिवृद्धि हुनेछ । एम्बुलेन्स शुभारम्भ समारोहमा बोल्दै प्रमुख अतिथि सांसद विकास लम्सालले यस क्षेत्रका जनताको समस्यालाई मध्यनजर गर्दै एम्बुलेन्स ल्याउनको लागि आफुले समेत पहल गरेको बताउदै विकास निर्माणका कामहरुमा दलिय पूर्वाग्राहलाई त्यागेर सवै पाटी एकबद्ध हुन सके थप सुविधाहरु आउन सके बताउनुभयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाली काग्रेस पर्वतका सचिव विश्व प्रकाश प्रसाईले २०४८ सालमा नेपाली काग्रेसको सरकारको निति तथा कार्यक्रम अनुसार स्थापित लुङ्गखु प्राथमिक स्वास्थ केन्द्रमा २०७२ सालमा काग्रेसकै नेतृत्वको सरकारको निति तथा कार्यक्रम अनुसार एम्बुलेन्स सञ्चालनमा आएको बताउनुभयो ।

उहाँले एम्बुलेन्सको दिगो सञ्चालनको लागि यस क्षेत्रको कच्ची सडकको स्तरउन्नति हुन जरुरी भएकोले आफ्नो पाटी त्यस तर्फ लागी पर्ने बताउनुभयो ।कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डाक्टर भवानी शमाले कर्मचारीले सरकारको निति र कार्यक्रमलाई कार्यान्वयन गर्ने हुँदा एम्बुलेन्सको दिगो सञ्चालनको लागि हरपल सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका क्षेत्रिय अध्यक्ष  भक्तराज सुवेदी,नेपाली काग्रेस लुङ्गखुका सभापति डिल्लीराम पौडेल, रेडक्रस सोसाइटी लुङ्गखु शाखाका उपसभापति कमलपति शर्मा,बालाकोट गाविस प्रतिनिधि कृष्णा गोपाल गुरुङ्ग,कुर्घा गाविस प्रतिनिधि भवानी शर्मा,पाखापानी गाविस प्रतिनिधि  टोल प्रसाद अधिकारी  पौडेल लगायतले त्यसक्षेत्रका स्वास्थ समस्या र सरोकारवालाको भूमिकाको बारेमा बोल्नुभएको थियो ।

कार्यक्रम एम्बुलेन्स सञ्चालन कार्यविधि तर्जुमा समितिका संयोजक जिवन उचै ठकुरीको अध्यक्षता,नेपाली काग्रेस पर्वतका जिल्ला सदस्य अशोक उचै ठकुरीको स्वागत एवंम प्राथमिक स्वास्थ केन्द्रका निमित्त प्रमुख नर बहादुर बरालको सञ्चालनमा सम्पन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध