२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटको चार जिल्लामा सबस्टेशननिर्माणको ढिलाइले विद्युत् प्रवाहमा समस्या

२०७६, ८ बैशाख आईतवार ०८:४१

वैशाख ८, जाजरकोट । वातावरणीय प्रभाव मूल्याङ्कन र लागत अनुमान स्पष्ट नहुँदा १३२ केभी प्रसारण  लाइनको सबस्टेशननिर्माणमा ढिलाइ भएको छ । ढिलाइका कारण चार जिल्लामा   दैनिक विद्युत् आपूर्ति हुन सकेको छैन । त्यस्तै कोहलपुरदेखि  जाजरकोटसम्म ३३ केभी प्रसारण लाइनको विद्युत् आपूर्तिमा पनि समस्या आउने गरेको छ । सो प्रसारण लाइनको सबस्टेशन६० किलोमिटरको दूरीमा राखिनुपर्नेमा कोहलपुरदेखि जाजरकोटसम्म १५० किलोमिटरभन्दा लामो दूरीमा राखिएकाले विद्युत् सेवा अवरुद्ध हुँदै आएको विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले बताउनुभयो  ।

 सोही कारण सुर्खेत, दैलेख र रुकुम पश्चिम क्षेत्रमासमेत विद्युत प्रवाहमा बाधा हुँदै आएको छ । कर्णाली प्रदेशमा १३२ केभी प्रसारणलाइनको सबस्टेशननहँुदा जाजरकोट र सुर्खेतका बासिन्दाले विद्युत्  उपभोग गर्न नपाएका उहाँको भनाइ थियो । सवस्टेशनको दूरी घटाउन र  नियमित विद्युत् आपूर्ति गर्न कर्णाली प्रदेशमा पनि सबस्टेशननिर्माण गर्न जरुरी रहेको उल्लेख गर्दै  प्रमुख खड्काले भन्नुभयो, “३३ केभी प्रसारण  लाइनका लागि एक सबस्टेशनबाट अर्को सव स्टेशनसम्मको दूरी ६० किलोमिटर हुनुपर्ने हो तर कोहलपुरमा रहेको १३२ केभी सवस्टेशनबाट जाजरकोटको कुदुमा रहेको ३३ केभी प्रसारण  लाइनको सवस्टेशनसम्मको दूरी १५० किलोमिटर छ,” । 

त्यस्तै एक सवस्टेशनबाट अर्को सवस्टेशनबीचको दूरीमा ट्रान्सफर्मर नराख्नुपर्नेमा कोहलपुरदेखि कुदुसम्म पाँचदर्जन ट्रान्सफर्मर निर्माण गरिएका छन् भने ३३ केभीबाट सिधै ग्राहकलाई विद्युत उपलब्ध गराउँदा ग्रामीण क्षेत्रको एलौटी लाइनमा सामान्य समस्याले पनि समग्र विद्युत सेवा नै प्रभावित हुनाका साथै  जाजरकोटमा पनि एकै दिनमा  धेरै पटक विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । केन्द्रीय विद्युत्लाइन नियमित नहँुदा भेरी नगरपालिकालगायत जिल्लाका तीन हजार बासिन्दा समस्यमा पर्ने गरेका छन् । 

तेत्तीस केभी प्रसारण लाइनको सबस्टेशनभेरी नगरपालिका १३स्थित  कुदुमा  निर्माण गरिएको छ । तीन वर्षअघि निर्माण शुरु गरिएको उक्त सबस्टेशनगत महीनादेखि सञ्चालनमा आएको हो । 

त्यस्तै नलगाड नगरपालिकाको वडा नं १२मा र छेडागाड नगरपालिकाको वडा नं ५मा पनि सबस्टेशननिर्माण गर्न लागिएको र  चालु आर्थिक वर्षभित्र यस जिल्लाका सातवटै स्थानीय तहको केन्द्रसम्म केन्द्रीय प्रसारण लाइन पु¥याउने योजनाका साथ काम  भइरहेको प्रमुख खड्काले जानकारी दिनुभयो ।

यसवर्ष भेरी नगरपालिकाको पूरै वडा, कुशे गाउँपालिका–५ र छेडागाड नगरपालिका– १२ तथा १३ मा बिजुली बाल्ने योजना रहेको उहाँले बताउनुभयो । एकसय बत्तीस केभी प्रसारण  लाइनको सबस्टेशनसुर्खेतको सुब्बाकुनामा निर्माण हुने भनिएको भए पनि अझै गति लिनसकेको छैन् ।  सबस्टेशननिर्माणका लागि अहिले जग्गा मात्र लिइएको बताइएको छ । न्यू बुटबल कोहलपुर सुर्खेत, माथिल्लो कर्णाली ४०० केभी प्रसारण  लाइन आयोजनाका प्रमुख अविशेक अधिकारीका अनुसार इटालीको परामर्शदाता कम्पनीको प्रतिवेदन आएपछि १३२ केभी प्रसारण  लाइनको काम अगाडि बढ्ने छ । वातारणीय प्रभाव मूल्याङ्नको काम अहिले भइरहेकाले यो टुङगो नलागेसम्म अन्य काम अगाडि बढ्न नसक्ने उहाँले बताउनुभयो । कोहलपुरबाट ३३ केभी प्रसारण  लाइनबाटै बर्दीया, सुर्खेत, दैलेख, रुकुम पश्चिम चौरजहारी र जाजरकोटमा विद्युत् आपूर्ति हुँदै आएको छ । विद्युत् प्रसारणका लागि जोडिएका पोल होचा भएका कारण सामान्य समस्य आउने बितिकै पटक÷पटक विद्युत अवरुद्ध हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै