2026-10-15 01:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेश अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन

सुर्खेत १०, बैशाख ।कर्णाली प्रदेश अस्पतालले सिटी स्क्यान सेवा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागबाट ४ करोड बढीको लागत अनुदानमा सिटीस्क्यान मेसिन प्राप्त गरेपछि अस्पतालले उक्त सेवा थप गरेको हो । नेपाल सरकारका उपप्रधान तथा एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एक कार्यक्रमकाबीच सिटीस्क्यान सेवा सञ्चालनको घोषणा गरेका हुन् ।

कर्णाली प्रदेश अस्पतालको सिटी स्क्यान सेवा सञ्चालन गर्दै उपप्रधानमन्त्री यादवले कर्णालीको स्वास्थ्य बिकासका लागि प्रदेश अस्पताललाई सुविधा सम्पन्न बनाउने प्रतिबद्धता जनाए । ‘स्वास्थ्य अधिकार नागरिकको मौलिक अधिकार हो’ उनले भने, ‘हरेक नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन उसको अधिकार र राज्यको दायित्व हो ।’ नेपालका हरेक स्थानीय तहमा प्राथमिक स्वास्थ्य केनद्र र हरेक वडामा स्वास्थ्य चौकी स्थापना गर्ने सरकारको लक्ष्य रहेको बताए । तत्काल १ हजार २ सय स्वास्थ्य चौकी र २ सय ५१ प्राथमिक स्वास्थ्य केन्द्रका स्थापना गर्ने सरकारको योजना रहेको उनले जानकारी दिए ।

उपप्रधानमन्त्री यादवले सरकारले गरेको कर्मचारी समायोजन त्रुटीपूर्ण भएको बताए । समायोजनले स्वास्थ्य क्षेत्र झन् मारमा परेको उनले बताए । अस्पतालमा आवश्यक जनशक्ति प्रदेश सरकारले भर्ना गर्ने गरी केन्द्रले बाटो खोल्नु पर्ने उनको तर्क छ । ‘अब प्रदेश बलियो नभई संघीयता टिक्न नसक्ने भन्दै उनले संघीयताको स्थायित्वका लागि प्रदेश र स्थानीय तह बलियो बनाउनु पर्छ’ उनले भने । कर्णालीमा आवश्यक जनशक्ति पठाउन प्रतिबद्ध रहेको उनको भनाई छ ।

कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको राजधानीमा सुविधा सम्पन्न अस्पताल बनाउनका लागि सरकारले आवश्यक भौतिक संरचना र उपकरणहरुहरुको व्यवस्था गरेपनि कर्मचारी व्यवस्थापन संघीय सरकारले गर्नुपर्नेमा जोड दिए । ‘५० बेडको अस्पताललाई ३ सय बेडको बनाउने गरी कर्णाली सरकारले निर्णय र बजेट बनाइ सकेको छ’ उनले भने, ‘अब आवश्यक जनशक्तिको व्यवस्था संघीय सरकारले गरिदिनु पर्छ ।’  कर्मचारीको न्यायोचित व्यवस्थापनले मात्र कर्णालीमा जनशक्ति अभाव कम हुने भन्दै त्यसका लागि आवश्यक नीति बनाउन र कर्मचारी पठाउन सरकारसंग माग गरे ।

कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री यामलाल कँडेलले मुलुकको संरचना अनुसार परिवर्तित मानसिकताले मात्र कर्णालीको बिकास सम्भव भएको बताए । उनले राज्य संचालनमा कर्णालीको सहज पहुँच नभएकै कारण बिकासमा कर्णाली पछाडि परेको भन्दै कर्णाली प्रदेश अस्पतालको सेवा बिस्तार, प्रभावकारी संचालनका लागि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराए । ‘प्रदेश अस्पताल कर्णाली सरकार र संसदको सर्वसम्मत परियोजना हो’ उनले भने, ‘यसको प्रभावकारिताका लागि संघीय सरकारको सहयोग चाहिन्छ ।’

अस्पतालमा जनशक्ति अभाव

कर्णाली प्रदेश अस्पतालले दरबन्दी अनुसारको जनशक्तिको अभाव झेल्नु परेको छ । १३ बर्ष अघि तत्कालिन अवस्थामा सुर्खेत जिल्ला अस्पतालमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालहुँदै प्रदेश अस्पतालको बोर्ड झुण्ड्याइए पनि जनशक्ति अभावमा अस्पतालको सेवा प्रवाह समेत प्रभावित हुँदै आएको छ । क्षेत्रीय अस्पताललाई गत कात्तिक १३ गते कर्णाली प्रदेश सरकारले अस्पताल आफ्नो मातहतमा ल्याएर प्रदेश अस्पताल नामाकरण गरेको छ ।

पिछडिएको मध्यपश्चिम क्षेत्रका बासिन्दालाई विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न २०६२ फागुन ७ गते स्थापना गरिएको क्षेत्रीय अस्पतालका लागि सरकारले ३० जना डाक्टरको दरबन्दी स्वीकृत गरेको छ । तर स्वीकृत दरबन्दी अनुसारको जनशक्ति भने अस्पतालमा कहिले पुगेको छैन । ३० जना बिशेषज्ञ डाक्टरको दरबन्दी रहेको कर्णाली प्रदेश अस्पतालमा हाल १० जना डाक्टरले सेवा दिईरहेका छन् ।११ जनामा पनि कर्मचारी समायोजन पछि ३ जना चिकित्सको भरमा सेवा दिनु परेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. डम्मर खड्काले बताए । ८८ जना कर्मचारीको दरबन्दी भएको प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ६६ जना मात्रै कार्यरत छन् ।

जनशक्ति अभाव भए पनि अस्पताल प्रभावकारी स्वास्थ्य सेवा दिइरहेको डा. खड्काले बताए । ‘हामीसंग जनशक्ति अभाव छ तर पनि उपलब्ध जनशक्तिबाटै पनि प्रभावकारी सेवाका लागि लागि परेका छौ’ उनले भने । त्यसको भार चिकित्सकलाई हुने र आवश्यकता आनुसार विरामीसंग सोधपुछ र सल्लाह लिन पनि समस्या हुने उनले बताए । विभिन्न स्रोत र साधनको अभावकाबीचमा पनि अस्पताललाई देशकै नमूना अस्पताल बनाउने अभियानमा आफुहरु लागि परेको डा. खड्काको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित