२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जीर्ण कारागारमा कैदी बन्दीलाई सकस

२०७६, ११ बैशाख बुधबार १४:४२

बैशाख ११, सुर्खेत ।कर्णालीका अधिकांश कारागार जीर्ण अवस्थामा रहेका छन् । जहाँ जीर्ण भवनमा क्षमताभन्दा दोब्बर कैदी बन्दी बस्दै आएका छन् । क्षमताले धान्नै नसक्ने गरी कैदी बन्दी हुँदा पिउने पानी देखि आवासको समेत अभाव रहेको छ । कर्णालीका जीर्ण कारागार भवनमा कैदी बन्दीको संख्या प्रायः सबै ठाउँमा क्षमताभन्दा दोब्बर छ ।

सुर्खेत कारागारमा भवन अभावमा वर्षौ देखि त्रिपालमुनि बस्न बाध्य भएका छन्, कैदी बन्दी । त्रिपालको झुप्रामा पुस माघको जाडो अनि वैशाख जेठको उखरमाउलो गर्मी मात्र होइन, असारेझरी छेक्न यहाँका कैदीबन्दीलाई हम्मेहम्मे परेको छ । पानी परेको दिन त सुत्ने ठाउँ नै भिजेको हुन्छ । शौचालयको लाइनदेखि खाना र बस्न समस्या उस्तै छ । तर ४६ वर्षदेखि कारागारको स्तरोन्नति हुन सकेको छैन ।


सुर्खेत कारागारमा कैदी बन्दीको संख्या दिनप्रतिदिन बढ्दो छ । तर निमार्णाधीन भवन सम्पन्न गर्न भने राज्यको ध्यान पुग्न सकेको छैन । ५० जनाको क्षमता भएको कारागारमा अहिले दुई सय २६ जना कैदी बन्दी रहेको कारागार शाखा सुर्खेतले जानकारी दिएका छन् । उनका अनुसार कारागारमा ४० जना पुरुषको क्षमता हो तर अहिले ५३ जना थुनुवा र एक सय ४७ जना कैदी गरी दुई सय बस्न बाध्य छन् । १० जना महिला अट्ने कोठामा ३ जना थुनुवा, २१ जना कैदी र २ जना नाबालकसहित २६ जना रहेका छन् ।

सल्यान कारागारको अवस्था पनि त्यो भन्दा कम छैन । भवन मात्रै होइन चर्पीसमेत अभाव छ । कारागारभित्र ८६ जना पुरुष कैदीबन्दीले एउटै चर्पी प्रयोग गर्नुपर्छ । पुरुष र महिला बन्दीका लागि छुट्टाछुट्टै २ वटा चर्पी छन् । ३ जना नाबालकसहित ३० जना महिला बन्दीका लागि पनि एउटा मात्रै शौचालय छ ।डोल्पा कारागारको जीर्ण भवनमा अटाइ–नअटाइ बस्नुपर्ने बाध्यतामा छन् कैदी बन्दी । जिल्ला कारागार कार्यालयका प्रमुख जेलर दिनेशकुमार रावतका अनुसार २० जना क्षमताको कारागारमा ३१ जना छन् । त्यसैले उनीहरूलाई खान, बस्न र सरसफाइमा समस्या छ ।

जाजरकोटका कारागारका जेलर तेजविक्रम शाहका अनुसार २० जना क्षमताका कारागारमा अहिले ४३ जना थुनुवा र कैदी बन्दी छन् । जाजरकोटमा पनि भवनको अवस्था उस्तै जीर्ण छ । कारागारभित्र सानो ठाउँसमेत नहुँदा केही दिनअघि स्थापना गरिएको पुस्तकालय एउटा घुम्तीमा राख्नुपर्ने बाध्यता छ ।रुकुम पश्चिमको अवस्था पनि जाजरकोट भन्दा कम छैन । कारागारका जेलर लोकबहादुर घर्तीका अनुसार २५ जना क्षमताको कारागारमा अहिले एक सय थुनुवा र कैदी छन् । सल्यानका निमित्त जेलर डम्बर विष्टका अनुसार २५ जना क्षमताको कारागारमा तीन नाबालकसहित एक सय १६ जना थुनुवा र कैदी छन् ।

कालीकोटमा पनि क्षमताभन्दा दोब्बर कैदी छन् । २५ जना क्षमताको कालीकोटमा ५ जना महिला र ५९ जना पुरुष गरी ६४ जना कैदी छन् । २० जनाको क्षमता भएको डोल्पामा ३१ जना, ५० जनाको क्षमता रहेको सुर्खेतमा २ सय २६ कैदी बन्दी छन् । मुगु र हुम्लाका कारागार नै छैन भने दैलेख र जुम्लामा कैदीलाई केही सहज छ ।प्रदेशकै उत्कृष्ट मानिने दैलेख कारागारमा ८० पुरुष र २० जना महिला गरी एक सय जनाको क्षमता छ । दैलेखका प्राविधिक सहायक ओम रेग्मीका अनुसार १ सय ९ पुरुष र १६ महिला र ३ जना नाबालकसहित १ सय २८ जना थुवा र कैदी बन्दी छन् ।

जुम्लाका कैदीलाई पनि केही सहज छ । जिल्ला कारागार जुम्लाका निमित्त जेलर शुक्रराज शाहीका अनुसार १ सय २० क्षमताको कारागारमा अहिले ८८ जना कैदी बन्दी छन् ।कारागारको अवस्था यस्तो दयनीय हुँदा पनि भवन निर्माणमा भने राज्यले उचित कदम चालेको छैन । निर्माण कम्पनीको लापरबाहीका कारण सुर्खेत र डोल्पा कारागार भवन निर्माण अलपत्र परेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ का लागि कारागारको भवन निर्माण गर्न तीन करोड ४३ लाख रकम विनियोजित गरेको छ । सल्यान, सुर्खेत, कालीकोट, रुकुम पश्चिम र जुम्लामा कारागार भवन निर्माणका लागि अहिलेसम्म टेन्डर भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी