2026-06-30 06:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रानीपानीमा विपद व्यवस्थापन समिति गठन

राजकुमार पोखरेल,
पर्वत,विद्यालयमा सम्भावित विपद जोखिमबारे पूर्व तयारी र विपदको समयमा अपनाउनुपर्ने अवस्थाको ज्ञान तथा अभ्यास र शैक्षिक निरन्तरताको लागि पर्वतको रानीपानीमा विद्यालय स्तरिय विपद व्यवस्थापन समिति गठन गरिएको छ । रानीपानी गाविस स्थित जनता निमावीमा उक्त समिति गठन गरिएको हो ।

समितीको अध्यक्षमा किसान बहादुर क्षेत्रि, सदस्य सचिबमा ज्ञान प्रसाद शर्मा, कोषाध्यक्षमा पविता लामिछाने चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा दिनेश भुषाल, शान्ता शर्मा, हुमकान्त तिबारी, समिर पौडेल, अमर बिक, मिलन काप्ले,सुस्मा पराजुलि, लक्ष्मी पौडेल, लोकराज आर्चाय, हिमलाल पराजुलि, टँकनाथ पराजुलि, लक्ष्मी पौडेल र जानुका शर्मा चयन हुनुभएको छ ।

युरोपियन आयोगको मानविय सहायता र नागरिक सुरक्षा विभागको सहयोग तथा प्लान नेपाल र इन्प्रेड नेपालको साझेदारीमा संचालित बृहद विद्यालय सुरक्षा परियोजना अन्तर्गत उक्त समिति गठन गरिएको हो । शिक्षक अभिभावक संघका अध्यक्ष किसान बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औचित्य माथि इन्प्रेड नेपालका सामाजिक परिचालक उदयराज भुषालले प्रकाश पार्नु भएको थियो । उक्त परियोजना जिल्लाका पाँच वटा गाविसमा संचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ