2026-09-19 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राष्ट्रिय एकताका लागि खेलकुदको आवश्यकता – प्रजिअ ढकाल

13010630_1032882453433529_7942065257025992945_nपर्वत, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले राष्ट्रिय एकताको लागि खेलकुद अपरिहार्य भएको बताएका छन् । राष्ट्र र राष्ट्रियताका लागि नागरिकलाई एउटै  चन्द्रसुर्र्य झण्डामुनी ल्याउने  माध्यम भनेको खेलकुद भएका कारण यसमा राजनीतिकरण गर्न नहुने प्रजिअ ढकालले बताए । सातौं  राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै ढकालले यस्तो बताएका हुन् ।

विश्वमा नेपाली र नेपाललाई चिनाउनको लागि खेलकुदनै सहि र उचित माध्यम बनेको र हालसालै नेपालले अन्तराष्ट्रिय समुदायमा जितेको पदक र त्यसले देशको बढाएको गौरवका साथै सवै नागरिकमा भएको एकताका कारण पनि खेलकुद एउटा एकताको माध्यम भएको ढकालले बताए । खेलकुदबाट शारिरिक, मानसिक र बौद्धिकरुपमा एक्बद्ध हुने भएका कारण पनि खेल राष्ट्रिय एकताको लागि भएको उनको बुझाई छ । कार्यक्रमा बोल्ने अन्य बक्ताहरुले पनि खेलकुद र खेलाडी देशका गहना भएता पनि जिल्लामा खेलमैदानको अभावनका कारण खेलाडी उत्पादन हुन नसकेको प्रति द्ुख प्रकट गरे ।

राष्ट्रिय स्तरबाटै खेल क्षेत्रमा पनि राजनीतिकरण भएको र जिल्लामा पनि त्यसले प्रभाव पारेका कारण कुशल र योग्य खेलाडी उत्पादनमा जिल्ला पछि परेको प्रति बक्ताहरुले चिन्ता व्यक्त गरे । जिल्लामा दक्ष कुशल खेलाडी उत्पादनको लागि भन्दा पनि कपको लागि बढी महोत्व दिइएको प्रति पनि वक्ताहरु दुखि थिए । जिल्लामा सरकारी तथा आवशीय विद्यालयको संख्या बढी भएता पनि खेलकुदमा भएका सहभागीभने न्यून देखिएको छ ।

जिल्ला स्तरीय खेलकुदमा विद्यालयको न्यून सहभागीता र सदरमुकाम र त्यसका आसपासका मात्रै खेलाडी सहभागी हुनाले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता प्रभावकारी  हुन नसकेको बक्ताको गुनासो छ । जिल्लामा रहेका सरकारी तथा र्गैरसरकारी विद्यालयको सहभागीतामा हुने रनिङशिल्ड प्रतियोगितामा जिल्ला शिक्षा कार्यालयले भने आफ्नो सहभागीता देखाएन ।

13076783_1032884873433287_4975280732074741344_n

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन शत्रमामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले बोलेका थिए । भने कार्यक्रमको संचालन जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव युवराज पराजुलीले गरेका थिए ।  यहि बैशाख ११ देख १४ गतेसम्म क्षेत्र नं १ अन्तरगतका खेलहरु संचालन हुदैछन् भने क्षेत्र नं २ का खेलहरु सम्पन्न भैसकेका छन् । छनोट खेल सकिए लगत्तै बैशाख १४ देखि  १६ गते सम्म जिल्ला स्तरीय प्रतिशपर्दा हुनेछ ।

20160423_130609

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ