2026-09-18 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

घरधनीलाई घर निर्माण प्रमाणपत्र

वैशाख १३, विदुर (रासस) | नुवाकोट,  सूर्यगढी गाउँपालिकाको चोकदेमा भूकम्पपछिको पुनःनिर्माण भएका घरधनीलाई घर निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरिएको  छ । 

भूकम्पपीडितलाई आवास निर्माणमा यूएनओपिएसले निःशुल्क नक्शा एवं प्राविधिक सहयोग गरेको थियो । संस्थाले एक वर्षदेखि भूकम्पपीडितका घरघरमा गएर उनीहरुका समस्या र चुनौतीका विषयमा  सोधपुछ गरी राहतदेखि भूकम्पबाट नभत्किने घर बनाउने तरिकाबारे सिकाएको  गाउँपालिकाका स्थानीयवासीले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले नक्कली भूकम्पपीडितलाई कानूनी दायरामा ल्याउन र वास्तविक पीडितलाई राहत दिलाउनका लागि सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रममा २९ जनालाई घर निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरियो ।  गाउँपालिकामा ७५ प्रतिशतभन्दा बढी घरको पुनःनिर्माण भइसकेको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई