वैशाख १४, रौतहट । गौर नगरपालिका–५ मा शनिबार बिहानै शंकास्पद वस्तु फेला परेको छ । नगरपालिकाको कलाकुञ्ज पुस्तकालय अगाडि कालोप्लास्टिकमा शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु बम भएको आशंका गरिए पनि त्यसको पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले अहिले बमको आशंकामा उक्त वस्तुलाई घेरा हालेर राखेको छ ।

शंकास्पद वस्तु निष्क्रिय पार्न प्रहरीले सेनालाई खबर गरेको छ । रौतहट प्रहरीका अनुसार सेनाको बम डिस्पोजल टोली त्यसतर्फ जाँदै छ ।

Related News